बेनेलीले केही दिन अगाडि भारतीय बजारमा सार्वजनिक गरेको क्रुजर मोटरसाइकल इम्पेरियल ४०० अहिले चर्चाको शिखरमा छ । कम्पनीले ल्याएको यो क्रुजर मोटरसाइकलले रोयल इन्फिल्ड ३५० सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
पछिल्ला दिनमा क्रुजर मोटरसाइकलको बजार हिस्सा बढ्दो क्रममा रहेसँगै कम्पनीले भारतीय बजारमा इम्पेरियल ४०० सार्वजनिक गरेको हो । यो मोटरसाइकल बजारमा आएसँगै रोयल इन्फिल्डलाई चुनौति थपिएको छ । यद्यपी यसले कस्तो व्यापा गर्छ भन्ने थाहापाउन भने केही महिना कुर्नु पर्ने हुन्छ ।
यसमा रहेका मुख्य ५ आकर्षण यस प्रकार रहेका छन् ।
१. रेट्रो स्टाइल
१८५० को दशकमा बजारमा आएको इम्पेरियल १२५ को वेसलाई आधार बनाएर उत्पादन गरिएको रेट्रो स्टाइल क्रुजर मोटरसाइकल इम्पेरियल ४०० निकै चर्चामा रहेको छ । यसमा रेट्रो स्टाइलको गोलो हेडल्याम्प, ट्वीन पर्ड एनालग इन्ट्रुमेन्ट क्लस्टर, पmल्याट र फराकिलो ह्यान्डलबार, ट्रियर ड्रप सेपमा दिइएको फियुल ट्याङ्क, स्पीलिट सिट र पि–सुटर साइलेन्सर पाइप यसको मुख्य आकर्षण रहेको छ ।
२. इन्जिन
इम्पेरियल ४०० मा ३७४ सीसी सिंगल सिलिण्डर, एयर कुल्ड एसओएचसी, इन्जिन दिइएको छ । ६ स्पीड गियरबक्सको साथ उपलब्ध यस इन्जिनले ५५०० आरपीएममा २०.६ बीए पावर र ४५०० आरपीएममा २९ एनएम टर्क प्रदान गर्छ ।
३. सस्पेन्सन र ब्रेक
बेनेलीले यसमा कन्भेन्सनल डबल कार्डिल फ्रेम दिएको छ । सस्पेन्सको कुरा गर्दा अगाडि ४१ एमएमको टेलिस्कोपिक फर्क र पछाडि प्रि–लोड एड्जस्टेवल सक दिइएको छ ।
उत्कृष्ट ब्रेकिङको लागि अगाडि चक्कामा ३०० एमएमको डियुल पिस्टन क्यालिपर सहितको डिस्क ब्रेक दिइएको छ भने पछाडि २४० एमएमको सिंगल पिस्टन क्यालिपर सहितको डिस्क ब्रेक रहेको छ ।
४. मुख्य प्रतिस्पर्धी र तौल
बेनेली इम्पेरियल ४०० को मुख्य प्रतिस्पर्धी रोयल इन्फिल्ड ३५० हो । इम्पेरियल ४०० को कुल तौल २०५ किलो ग्राम रहेको छ भने रोयल इन्फिल्ड ३५० को कुल तौल १९४ किलो ग्राम रहेको छ ।
५. कलर र मूल्य
बेनेली इम्पेरियल ४०० लाई कम्पनीले तीन कलर अप्सनमा बजारमा उतारेको छ । जसमा रेड, सिल्भर र ब्ल्याक कलर अप्सन उपलब्ध रहेको छ । मूल्यको कुरा गर्दा भारतीय बजारमा यसको एक्स शोरुम मूल्य १ लाख ६९ हजार भारु रहेको छ ।

