काठमाडौं । होन्डाको लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ प्रालिले आफ्नो एक्सब्लेड र सिबी हर्नेट मोटरसाइकलमा आकर्षक छुट अफर संचालन गरिरहेको छ ।
कम्पनीले यी मोटरसाइकल खरिद गर्ने ग्राहकलाई दुई ओटा स्क्राच कार्ड उपलब्ध गराउने छ । यी स्क्राच मार्फत दुई हजारदेखि १० हजारसम्म थप छुट दिइने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा होन्डा एक्सब्लेडको मूल्य २ लाख ८९ हजार ९ सय र सिबी हर्नेटको मूल्य ३ लाख ३ हजार ९ सय रुपैयाँमा रहेको छ ।
साथै, यी मोडलका मोटरसाइकल खरिद गर्ने ग्राहकले होन्डाले चाडपर्वलाई लक्षित गरेर संचालनमा अफर योजनासमेत उपभोग गर्न पाउने छन् । कम्पनीले ल्याएको सम्पूर्ण मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रार्च कार्ड मार्फत १ लाख रुपैयाँसम्म नगद छुट र ४५०० रुपैयाँ बराबरको ५ वर्षसम्मको लागि फ्रि सर्भिस कुपनसमेत पाउने छन् ।
कम्पनीले ठूला मोटरसाइकलमा भने ३० हजारसम्मको नगद छुट दिइरहेको जनाएको छ ।

यसरी बाइक किन्नेहरु मध्येबाट हरेक हप्ता लक्की ड्र मार्फत १० लाखसम्मको नगद पुरस्कार र २०० जनालाई १० लाखसम्मको दुर्घटना बीमा तथा २ जनालाई थाइल्याण्ड घुम्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यो अफर छठसम्म प्रदान गरिने स्याकार ट्रेडिङले जनाएको छ ।
९.९९ प्रतिशत व्याजदर
कम्पनीले होन्डाको मोटरसाइकल तथा स्कुटर किस्ताबन्दीमा किन्न चाहनेको लागि वार्षिक ९.९९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । यसरी कर्जामा मोटरसाइकल किन्न चाहनेको लागि स्याकार फाइनान्सले कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले उपलब्ध गराएको व्याजदर बजारमा चलेको अटो लोनको तुलनमा सस्तो रहेको दाबी गरेको छ । किस्तामा मोटरसाइकल तथा स्कुटर किन्न चाहनेले ४० प्रतिशत अनिवार्य डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ ।


