मारुती सुजुकीले पेट्रोल इन्जिनयुक्त कम्प्याक्ट एसयुभी भिटारा ब्रेजाको उत्पादन सुरु गरेको छ । कम्पनीले यसअघि डिजेल भेरियन्टमा मात्रै उपलब्ध रहेको ब्रेजालाई १.५ लिटर के१५बी एसएचभीएस पेट्रोल इन्जिनमा ल्याउने भएको हो ।
यसमा उपलब्ध इन्जिनले १०४.७ पीएस पावरका साथै १३८ एनएम टर्क उत्पादन गर्ने छ । बीएस ६ मापदडन्ड अनुरुपको उक्त इन्जिनमा पाँच स्पीड म्यानुअल गियरबक्स र चार स्पीड एएमटी लगाइएको छ ।
ब्रेजामा उपलब्ध १.३ लिटर डीडीआईएस २०० फोर सिलिन्डर डिजेल इन्जिनले अधिकतम ९० पीएस पावरका साथै २०० एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पनि पाँच स्पीड म्यानअुल र पाँच स्पीड एएमटी लगाइएको छ ।
डिजाइन, विशेषता, मूल्य लगायतका आधारतमा मारुती सुजुकीको भेन्यूसँग सिधा प्रतिस्पर्धा गर्दै आएको छ । सुरुवात देखिनै निकै राम्रो बजार पाइरहेको ब्रेजाले पेट्रोल इन्जिनसँगै अझ बजार बिस्तार हुने अपेक्षा कम्पनीले गरेको छ ।
कम्पनीले ब्रेजाको यो संस्करणलाई केही परिमार्जन गरेको छ । यसको एक्सटेरियरमा परिमार्जन गरिएको छ । फ्रन्टमा आकर्षक बम्पर लगाइएको छ भने, रियरमा परिमार्जित फग ल्याम्प दिइएको छ । यसमा प्रोजेक्टर हेडल्याम्प, इन्र्टग्रेटेड एलइडी डिआरएलएस, सामान्य परिमार्जित ग्रिल, होरिजेन्टल र्यापअराउन्ट एलइडी, टेललाइट, क्रोम बुट एप्लीक्यु, हाइ माउन्टेड स्टपको फिचर प्रदान गरिएको छ ।
ब्रेजाको पेट्रोल भर्सनमा लेटेस्ट स्मार्ट प्ले इन्फोटेनमेन्ट सिस्टमसँगै एप्पल कार प्ले र एन्ड्रोइड अटोको विशेषता दिइएको छ । कम्पनीले यसलाई अटो एक्स्पो २०२० मा सार्वजनिक गर्ने अनुमान गएिको छ ।

