काठमाडौं । अटोमोवाइल उद्योगमा छुट्टै पहिचान रहेको गोल्छा अर्गनाइजेशनले बजाज र केटीएमपछि नेपाली बजारमा हस्कभर्नाका मोटरसाइकल बिक्री वितरण गर्ने भएको छ ।
भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज, केटीएम र हस्कभर्नाको सहकार्यमा भारतमा उत्पादन सुरु भएको लिजेन्ड्री मोटरसाइकल ब्राण्ड हस्कभर्ना नेपालमा आउने पक्का भएको हो ।
‘हामीले हस्कभर्ना अबको ५ महिना भित्र नेपाली बजारमा सार्वजनिक गर्नेछौं, त्यसको लागि आवस्यक काम अघि बढेको छ’ एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले मेरोअटोसँग भने ।
११६ बर्ष पुरानो मोटरसाइकल निर्माता कम्पनीले ६ बर्ष अगाडि अस्ट्रियन कम्पनी केटीएमसँग सहकार्यमा हस्कभर्ना मोटरसाइकल भारतमा निर्माण गर्दै आएको छ । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोको केटीएम र हस्कभर्नामा ४८ प्रतिशत सेयर रहेको छ ।
स्वीडिस मोटरसाइकल हस्कभर्नाले १९०३ देखि मोटरसाइकल उत्पादन सुरु गरेको थियो । हस्कभर्ना मोटरक्रस एरिनामा लेजेन्ड्री मोटरसाइकलको रुपमा परिचित रहेको छ । भारतीय बजारमा हस्कभर्ना २५० को बिक्री सुरु हुने तयारी भइरहेको छ ।
कम्पनीले भारतीय बजारमा जस्तो नेपाली बजारमा समेत केटीएम मोटरसाइकलको शोरुमबाट नै बिक्री वितरण गर्ने सम्भावना उच्च रहेको छ । यद्यपी यसको विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन ।
पहिलो चरणमा नेपाली बजारमा हस्कभर्नाका २५० सीसीका मोटरसाइकल आउने कम्पनीले जनाएको छ ।
यो पनि पढ्नुस्: २५० सीसी सेगमेन्टमा हस्कभर्नाको दुई मोडल सार्वजनिक

