टाटा नेक्सन इभी सार्वजनिक, सनरुफको साथमा २०५ एमएम ग्राउण्ड क्लियरेन्स

काठमाडौं । टाटा मोटर्सले आफ्नो चर्चित इलेक्ट्रीक एसयूभी ‘नेक्शन इभी’ आज भारतको मुम्बाईमा एक विशेष कार्यक्रम गरेर ग्लोबल प्रिमियर गरेको छ । कम्पनीले यसअघि नै १९ डिसेम्बरमा यसलाई सार्वजनिक गर्ने घोषणा गरेको थियो । 

कम्बस्चन इन्जिनयुक्त नेक्सनकै धेरै फिचर प्रयोग भएको यस इलेक्ट्रीक कारलाई कम्पनीले तीन भेरियन्टमा बजारमा ल्याउने घोषण गरेको छ । जसमा एक्सएम, एक्सजेड प्लास र एक्सजेड प्लस लग्जरी रहेको छ । 

यसको मूल्य १५ लाखदेखि १७ लाख रुपैयाँ बीचमा रहने अनुमान गरिएको भएपनि कम्पनीले यसको विषयमा भने कुनै जानकारी दिएको छैन । 

जिपट्रोन टेक्नोलोजीमा आधारित यो एसयूभीले फुलचार्जमा झन्डै ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ भने यसमा ३०.२ किलोवाट आवरको हाइइनर्जी डेनसिटी लिथियम आयान ब्याट्री सेल दिइएको छ । यसको मोटरमा लिक्वीड कुल्ड सिस्टम प्रदान गरिएको छ ।

यसमा रहेको व्याट्री चार्ज गर्न घरायसी चर्जरबाट ८ घण्टा लाग्छ भने डिसी फास्र्टचार्जरबाट चार्जगर्दा ६० मिनेटमा ८० प्रतिशत चार्जगर्न सकिन्छ । यसमा दिइएको व्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी दिने कम्पनीले घोषणा गरेको छ । 

यो एसयूभी अहिलेसम्मकै सबैभन्दा धेरै ग्राउन्ड क्लियरेन्स भएको एसयूभी बन्ने बाटोमा रहेको छ । २०५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्स यसमा पाउन सकिन्छ । भोलिबाट भारतमा बुकिङ सुरु हुने यसलाई २०२० को पहिलो क्वाटरबाट बिक्री गर्ने जनाइएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै हाइ स्ट्रेन्थ स्टिल र बोस्टले ब्याट्रीलाई ढाकिएको छ । भने टाटाको एसयूभीमा पहिलोपटक इलेक्ट्रीक सनरुफसमेत दिइएको छ । 

टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भारतमा बिक्री सुरु भएको केही समयपछि यसलाई नेपाली बजारमा ल्याउने बताइसकेको छ ।


Back_to_top