टाटा मोटर्सको नेपालका लागी अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रालीले नयाँ वर्ष २०२० को अवसरमा जनवरी फेस्ट विशेष कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम भोली जनवरी १० देखी जनवरी १२ सम्म थापाथली स्थित टाटा मोटर्सको सोरुममा आयोजना हुन लागेको हो । उक्त कार्यक्रम अन्तर्गत ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनअ।रजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन ।
साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाख सम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिंगापुर क्रुज टुर तथा विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन ।
यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा गइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कंम्पनीले अनुरोध गरेको छ ।


