ब्याक गियर भएकाे होन्डा ‘गोल्डविङ १८००’ नेपालमा

काठमाडौं । होन्डा मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरका स्याकार ट्रेडिङले १८०० सीसी मोटरसाइकल नेपाल भित्र्याएको छ । कम्पनीले होन्डा गोल्डविङ १८०० नेपाल ल्याएको हो । यो सुचना कम्पनीको आधिकारिक फेसबुक पेज मार्फत दिएको छ ।

१८३३ सीसी ६ सिलिन्डर एफआई इन्जिन रहेको यो मोटरसाइकलले १२५ बीएच पावर तथा १७० एनएम टर्क जेनेरेट गर्छ । भारतीय बजारमा यो मोटरसाइकलको मूल्य २९ लाख ५६ हजार भारतीय रुपैयाँ रहेको छ । नेपाली बजारमा भने यसको मूल्यको बारेमा कुनै जानकारी सार्वजनिक गरिएको छैन ।

यो मोटरसाइकलमा एप्पल कारप्ले इन्ट्रिगेसन, रिभर्स गियर र मल्टिपल राइडिङ मोड, एबीएस, हिल स्र्टाट असिस्ट, अडियो सिस्टम जस्ता फिचर रहेको छ । यसमा ७ स्पीडको अटोमेटीक गियरका साथै डीटीसी हाड्रोलिक क्लच रहेको छ । उक्त मोटरसाइकल कम्पनीले कान्तिपथ शोरुमा प्रदर्शनमा राखेको समेत जनाएको छ ।


Back_to_top