के हो हिरोको एक्सपल्स २०० र्‍याली किट भर्सन ? पर्फमेन्स अझै राम्रो हुने

हिरो मोटो कर्पले आफ्नो पहिलो एडभेन्चर मोटरसाइकल एक्सपल्स २०० को र्‍याली किट भारतमा सार्वजनिक गरेको छ । कम्पनीले र्‍याली किटलाई २०१९ आइसीएमए मोटरसाइकल शोमा सार्वजनिक गरेको थियो ।

कम्पनीले आयोजना गरेको हिरो ग्लोवल २०२० मा ल्याइएको एक्सपल्समा २०० र्‍याली किट कस्मेटिक परिमार्जन हाे । याे नयाँ माेडल हाेइन । तर, यसले माेटरसाइकलकाे अफरोड क्षमता समेत बढाउने कम्पनीले जनाएको छ ।

हिरो मोटो कर्पको रिसर्च एण्ड डेभलपमेन्ट टिमले यसमा थुप्रै परिमार्जन गरेको छ । जसले यो मोटरसाइकललाई स्पोर्टी देखाएको छ । यसमा परिमार्जन गरिएको सबैभन्दा ठूलो पक्ष ग्राउन्ड क्लियरेन्स हो । यसमा रेगुलर मोडलको तुलनामा ५५ एमएम ग्राउण्ड क्लियरेन्स बढाइएको छ । यसअघि २२० एमएम ग्राउन्ड क्लियरेन्स रहेको मोटरसाइकलमा अब २७५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

कम्पनीले यसको ह्यान्डल बारमा समेत परिमार्जन गरेको छ । यसको ह्यान्डलबार सहज र आरामदायी रहेको बताइएको छ । मोटरसाइकललाई अझै अफ्रोड राइडिङ युक्त बनाउन अगाडिको टायर २१ इन्च र पछाडिको टायर १८ इन्चको दिइएको छ । यसको पर्फमेन्स राम्रो बनाउन स्पोर्केट पनि परिवर्तन गरिएको छ ।

यसको इनिजनमा भने कुनै परिवर्तन गरिएको वा नगरिएको भन्ने विषयमा कम्पनीले केही बताएको छैन । यसमा २०० सीसी एयर कुल्ड, २ भल्भ, सिंगल सिलिण्डर, ओएचसी इन्जिन दिइएको छ जसले ८००० आरपीएममा १८.४ पीएस पावर र ६५०० आरपीएममा १७.१ एनएम टर्क प्रदान गर्छ ।

यो पनि पढ्नुहोस्: हिरोले ल्यायो १६० सीसीको नयाँ मोटरसाइकल (फोटो फिचरसहित)


Back_to_top