काठमाडौं । सरकारले लकडाउनलाई अझै कडा बनाउने नीति अनुसार अब एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गरेको छ । साथै, गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी गरेका सबै पास खारेज गरेको हो ।
देशमा कोरोना भाइरस संक्रमितको संख्या द्रुतगतिमा बढिरहेकाले लकडाउनलाई थप कडा पारिएको गृहमन्त्रालयले जनाएको छ ।
अब बिहिबारदेखि पहिला पास लिएर संचालनमा रहेका सवारीसाधनपनि चल्न पाउने छैनन् । तर, उपत्यकाको तीन जिल्लामा एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छ ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।


