काठमाडौं । सुजुकी मोटरसाइकलको बिक्रेता कम्पनी भिजी सुजुकीले सर्वाधिक धेरै नगद छुटको अफर ल्याएको छ । सुजुकीले एउटा मोटरसाइकलमा १५ हजार रुपैयाँ छुटको अफर ल्याएको हो ।
‘उतार चडाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ नाराका साथ नयाँ योजना सार्वजनिक गरेको छ । कोरोनाको कारण जारी लकडाउनको मोडालिटी परिर्वतन भएसँगै कम्पनीले नयाँ योजना सार्वजनिक गरेको हो ।
यसअघि नै बजाज, यामाहा र होन्डाले नयाँ अफर सार्वजनिक गरिसकेका छन् ।
सुजुकीको यो योजना असार १ गतेदेखि लागु हुने कम्पनीले जानकारी दिएको छ । यो योजनामा मोटरसाइकल किन्ने ग्राहकले नगद १५ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् । ग्राहकले जुनसुकै अवस्थामा मोटरसाइकल खरिद गर्दा पनि यो योजनाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
‘हामीले कोभिडको असरपछि मोटरसाइकल किन्नेलाई नगद छुट दिदा त्यसको प्रत्यक्ष लाभ प्राप्त गर्ने भएकाले यो योजना ल्याएका हौं’, भिजी सुजुकीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले मेरोअटोसँग भने ।
उनका अनुसार ग्राहकले नगद, एक्सचेन्ज र फाइनान्स जसरी मोटरसाइकल किनेपनि नगद १५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । यो योजना आगामी असार ३१ गतेसम्म लागु हुने कम्पनीले बताएको छ ।
कम्पनीको नेपालभर रहेको जुनैपनि शोरुममा यो योजना उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
जापनीज मोटरसाइकल निर्माता कम्पनीको नेपालमा सुजुकी जिक्सर १५०/२५०, इन्ट्रुडर, हायाते, बर्गम्यान, एसेस, लेट्स जस्ता मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।
कम्पनीको सुजुकी जिक्सर १५० नेपाली बजारमा लोकप्रिय मोटरसाइकलमा पर्छ । यस्तै गत वर्ष मात्रै नेपाली बजारमा भित्रिएको जिक्सर २५० पनि युवा वर्गको रोजाइमा परिरहेको छ ।


