आजबाट मोटरसाइकल पनि जोर बिजोर

काठमाडौं । आजबाट मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ ।

सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू हुने वा नहुने भन्नेमा अन्योल थियो । तर, आजबाट ट्राफिक प्रहरीलाई जोर–विजोर लागू गर्न भन्दै गृहमन्त्रालयले पत्राचार गरेसँगै जोर बिजोर लागु हुने भएको हो ।

‘हामीलाई मोटरसाइकल तथा स्कुटरमा पनि जोर बिजोर लागु गर्नु भन्ने पत्र प्राप्त भएको छ । आजबाट मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुन्छ’, ट्राफिक प्रहरी प्रमुख एसएसपी भिमप्रसाद ढकालले भने ।

दुई पांग्रे सवारीमा एक जना मात्रै हिँड्न मिल्ने नियम पनि यथावत नै रहेको उनले बताए । यसअघि सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठबाट जोर–विजोर प्रणाली लागू गरेको थियो ।


Back_to_top