काठमाडौं । यामाहाको सर्वाधिक सफल मोडल एफजेडएस भी ३ किन्न खोज्नेलाई कम्पनीले ल्याएको अफर अनुसार कुन उपयूक्त भन्ने जिज्ञासा रहेको हुनु पर्छ । लामो समयसम्म बन्द रहेको बजार खुल्न थालेसँगै कम्पनीले नयाँ योजना अगाडि ल्याएको छ ।
कम्पनीले सार्वजनिक गरेको अफरमा शुन्य प्रतिशत ब्याजदर, शुन्य डाउनपेमेन्ट र नगद १० हजार डिस्काउन्टसमेत गरि तीन योजना अगाडि ल्याएको छ ।
लकडाउनका कारण सबै प्रकारका काम बन्दको असहज परिस्थितिमा मोटरसाइकल किन्न चाहने ग्राहकले तीन मध्ये कुनै एक योजना छनोट गर्न सक्ने छन् ।
आफुसँग डाउन पेमेन्ट गर्न रकम नहुने संगठित क्षेत्रमा काम गर्ने मानिसले यस योजनामा सहभागि हुन सक्नेछन् । सून्य प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल किन्नेले ३ वर्ष भित्र रकम तिरिसक्नु पर्ने छ ।
शुन्य प्रतिशत ब्याजदरमा कर्पोरेट क्षेत्रमा कार्यरत ग्राहकहरुका लागि बाइक वा स्कुटर उपलब्ध गर्ने कम्पनीले जनाएको छ । यो योजनमा अन्तर्गत ग्राहकले एक वर्ष भित्र मोटरसाइकल तथा स्कुटरको मूल्य पुरा तिर्नु पर्ने हुन्छ ।
कम्पनीले नगद छुट अन्तर्गत पुरा रकम बुझाएर बाइक वा स्कुटर किन्न चाहेमा नगद १० हजार रुपैयाँ छुट गर्ने जनाएको छ ।

कुन अफरमा किन्दा कति पर्छ किस्ता
कम्पनीले सार्वजनिक गरेको यो योजनामा ग्राहकले यामाहाको चर्चित एफजेडएस भी थ्रि खरिद गर्दा तीन मध्ये आफुलाई सहज हुने योजना छनोट गर्न सक्नेछन् ।
स्कीम १. शून्य प्रतिशत डाउन पेमेन्ट
यामाहा एफजेडएस भी ३ को मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ । शुन्य प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्दा ३ बर्षसम्ममा सबै रकम चुक्ता गर्नु पर्ने छ । यस योजनामा मोटरसाइकल किन्ने ग्राहकले मासिक ११ हजार ४०६ रुपैयाँ किस्ता तिर्नु पर्छ ।
स्कीम २ः १० प्रतिशत र २५ प्रतिशत डाउनपेमेन्ट
यो योजनामा सम्बन्धीत स्थानको स्थाइ बासिन्दाले १० प्रतिशत र अस्थाइ बासिन्दाले २५ प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सक्नेछन् । १० प्रतिशत डाउन पेमेन्ट गर्दा ३६ महिना र २५ प्रतिशत डाउन पेमेन्ट गर्दा ३० महिनाको अवधिमा किस्ता तिनु पर्नेछ ।
१० प्रतिशतमा ३१ हजार ९९० रुपैयाँ डाउन पेमेन्ट गरेर पहिला बर्ष मासिक १२ हजार ४२ रुपैयाँ र बाँकी २ वर्ष मासिक ९ हजार १२४ रुपैयाँ तिर्नु पर्छ ।
२५ प्रतिशत डाउन पेमेन्टमा ७९ हजार ९७५ रुपैयाँ बुझाएर ९ हजार ७५६ रुपैयाँका दरले ३० महिना किस्ता तिर्नु पर्नेछ ।

स्कीम ३. शून्य प्रतिशत व्याजदर
शून्य प्रतिशत व्याजदरमा एफजेडएस भी३ खरिद गर्दा ५० प्रतिशत डाउनपेमेन्ट गर्नु पर्छ । यसमा लोनको अवधि १ बर्षको मात्र रहन्छ । १ लाख ५९ हजार ९५० रुपैयाँ डाउपेमेन्ट गरेर मासिक १३ हजार ३२९ रुपैया किस्ता तिर्नु पर्छ ।
स्कीम ४. नगद छुट
यो स्कीम अन्तर्गत मोटरसाइकल खरिद गर्नेले सिधै १० हजार नगद छुट प्राप्त गर्नेछन् ।

