मासिक १० हजार किस्तामा फक्सवागन पोलो

काठमाडौं । कोभिड १९ को कारण भएको लकडाउनमा केही खुकुलो गर्दै व्यवसाय संचालनको सुरुवात भएसँगै गाडी विक्रेता कम्पनीहरुले विभिन्न किसिमका अफर ल्याउन थालेका छन् । यस्तोमा विश्व प्रसिद्ध जर्मन ब्राण्ड फक्सवागनले मासिक १० हजार किस्तामा नयाँ कार दिने अफर ल्याएको हो ।

फक्सवागनले आफ्नो चर्चित इन्ट्री लेवल ह्याचव्याक कार पोलोमा उक्त अफर ल्याएको हो ।

पुजा इन्टरनेशनलले नेपाली बजारमा आधिकारीक वितरकको काम गर्दै आएको फक्सवागनको पोलो कम्पनीको सबैभन्दा सस्तो कार हो । यसको मूल्य २९ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री वितरण भइरहेको छ ।

कम्पनीले अहिले पोलो किन्ने ग्राहकलाई फ्रि एसोशरिज, एक वर्षको सडक दस्तुर, सरल फाइनान्स सुविधा, ४ वर्षसम्म निःशुल्क सर्भिसिङ जस्ता अफरहरु गरेको छ ।

कम्पनीले ल्याएको अफरमा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ भने बाँकी रकमलाई ७ वर्षको मासिक किस्तामा किन्न सकिन्छ ।

कम्पनीको अफर अनुसार १० प्रतिशत व्याजदरमा पोलो किन्दा मासिक किस्ता २४ हजार ४४५ रुपैयाँ हाराहारीमा पर्छ । तर, उक्त मासिक किस्ता एक वर्षसम्म ग्राहकले मासिक १० हजार रुपैयाँ तिरे पुग्छ भने बाँकी रकम कम्पनीले तिरिदिने छ ।

गाडीको १३ औं किस्ताबाट ग्राहकले पुरै लाग्ने २४ हजार ४४५ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

अनुमानित मासिक किस्ताको पूर्ण विवरणको लागि यहाँ क्लिक गर्नुहोस् ।


Back_to_top