नयाँ अफरः ३ लाख ७९ हजार डाउन पेमेन्टमा सुजुकीको कार, मासिक किस्ता १४ हजार

काठमाडौं । सुजुकी कारको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले कोभिड १९ को संक्रमणपछि ग्राहकलाई गाडी किन्न प्रेरित गर्ने उद्देश्यले ३ लाख ७८ हजार ८०० रुपैयाँ डाउन पेमेन्टमा गाडी दिने योजना अगाडि ल्याएको छ ।

कम्पनीले सुरुवाति पहिलो वर्ष मासिक १३ हजार ९१३ रुपैयाँ किस्ताको अफरसमेत गरेको छ । कम्पनीका अनुसार अल्टो किन्न चाहने ग्राहकले ९० हजार नगद छुट र एक वर्षको बीमा सुविधा पाउने छन् । कम्पनीले ल्याएकाे अफरमा २० प्रतिशत डाउन पेमेन्ट गरे पुग्छ भने बाँकी रकम क्रमिक रुपमा तिर्ने सुविधा उपलब्ध रहेको छ ।

अल्टो ८०० एसटीडी मोडल कम्पनीले १८ लाख ९९ हजार मूल्य निर्धारण गरेर बिक्री गर्दै आएको छ ।

अल्टोमा ७९६ सीसी क्षमताको थ्रि सिलिण्डर इन्जिनमा रहेको छ । कम्पनीको इन्ट्री लेभल यो कारले ६००० आरपीएममा ४७ बीएच पावर र ३५०० आरपीएममा ६९ एनएम टर्क प्रदान गर्छ ।

अल्टोको स्टायडर्ड भेरियन्टमा ड्राइभर साइड एयरव्याग, एबीएस, इबीडी, हाईस्पीड अलर्ट र सिटबेल्ट रिमाइन्डर जस्ता फिचर उपलब्ध रहेको छ ।


Back_to_top