काठमाडौं । होन्डा ग्राजियाको नयाँ मोडल सार्वजनिक भएसँगै अहिले यसको चर्चा चुलिएको छ । कम्पनीले दुई वर्षपछि यसको फेसलिफ्ट मोडल बजारमा ल्याएको हो ।
नयाँ ग्राजियामा बीएस ६ मापदण्डको इन्जिन दिइएको छ । यसको साथै कम्पनीले यसमा थुप्रै कस्मेटिक परिमार्जन समेत गरेर ल्याएको हो ।
नयाँ इन्जिन
होन्डाले यसमा बीएस ६ मापदण्डको १२५ सीसी सिंगल सिलिण्डर, एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६५०० आरपीएममा ८.२९ बीए पावर र ५००० आरपीएममा १०.३ एनएम टर्क प्रदान गर्ने छ ।
नयाँ डिजाइन
होन्डाले ग्राजियाको बाहिरी कष्मेटिक लुकमा पनि केही परिमार्जन गरेको छ । कम्पनीले यसमा आकर्षक एलइडी यूनिटको प्रयोग गरेको छ । फ्रन्ट एप्रोनभन्दा माथी प्रयोग भएको एलइडी हेडल्याम्पले पहिलेको तुलनामा थप आकर्षक देख्न सकिन्छ ।
यसमा प्रयोग भएको ह्याण्डलबार कौलपनि परिमार्जन गरिएको छ । साथै साइड बडी प्यानलपनि तुलनात्मक रुपमा सार्प रहेको छ । साथै पछाडिको भागमा पनि ठूलो परिमार्जन पाउन सकिन्छ । यसमा ब्रेक लाइटको भाग पहिलेको तुलनामा आकर्षक रहेको छ ।

थप केही नयाँ फिचर
यसमा साइलेन्ट स्टार्ट सिस्टम, आइडिएल स्टार्ट÷स्टप स्टिम र इन्टर गेटेड इन्जिन स्टार्ट÷किल स्विच दिइएको छ ।
साथै, नयाँ ट्वीन पर्ड डिजिटल इन्ट्रुमेन्ट क्लष्टर ग्राजियामा पाउन सकिन्छ । यसमा विविध सूचनाहरु प्रबाह हुने छ । स्पीड, आरपीएम, रेञ्ज, रियल टाइम इफिसेन्सी, एभरेज इफिसेन्सी जस्ता सूचना इन्ट्रुमेन्ट क्लष्टरमा उपलब्ध हुने छ । नयाँ ग्राजिया पहिलेको तुलनामा १६ एमएम बढी ग्राउन्ड क्लियरेन्स र केही ठूलो बुट स्पेशको कारण चर्चामा रहेको छ ।
प्रतिस्पर्धी मोडल
होन्डा ग्रजियाले अहिले बजारमा टीभीएस एनटर्कसँग सिधा प्रतिस्पर्धा गरिरहेको छ । यो मूल्य, फिचर, स्टाइल र इन्जिनका आधारमा एनटर्क १२५ सँग प्रतिस्पर्धा हुँदै आएको मोडल हो । टीभीएसले पनि केही महिनाअघि एनटर्कको रेस एडिसन बजारमा ल्याएको थियो ।

