सर्वाधिक सफल १२५ सीसीका दुई मोटरसाइकल, मूल्यमा १२ हजारको फरक

काठमाडाैं । १२५ सीसी सेग्मेन्न्टमा बजारमा थुप्रै मोटरसाइकल रहेका छन् । सहरी तथा तराई क्षेत्रमा धेरै बिक्री हुने १२५ सीसी सेग्मेन्टमा हिरो सुपर स्प्लेन्डर र होन्डा साइन बीच प्रतिस्पर्धा हुने गरेको छ ।

सस्तो मूल्य, कम संचालन खर्च र धेरै टिकाउ जस्ता कारण १२५ सीसी क्षमताका मोटरसाइकल नेपालमा सफल रहेको छन् । साना तथा मझौला व्यापार गर्ने, टुटल, पढाओ, दराज, फुडमान्डु जस्ता अनलाइन प्लेटफर्ममा काम गर्नेहरुको पहिलो रोजाईमा १२५ सीसी क्षमताको मोटरसाइकल पर्ने गरेको पाइन्छ ।

१२५ सीसी सेग्मेन्टमा होन्डा साइन, हिरो स्प्लेन्डर, यामाहा सलुटो, टीभीएस स्ट्राइकर जस्ता मोटरसाइकल बजारमा उपलब्ध रहेका छन् । यी मध्ये होन्डा साइन सेग्मेन्ट लिडर रहेको छ भने हिरो स्प्लेन्डरले साइनलाई पक्ष्याइरहेको छ । यससँगै यामाहा सलुटो र टीभीएस स्टाइकर पनि राम्रो संख्यामा बिक्री हुने मोटरसाइकलमा पर्छन् ।

सेग्मेन्ट लिडर साइन ज्योति समुह अन्तर्गतको स्याकार ट्रेडिङले बिक्री गर्दै आएको छ भने स्प्लेन्डर ज्योति समूह अन्तर्गतकै एनजीए (नेपाल जनरल मार्केटिङ) ले बिक्री वितरण गर्दै आएको छ । यस्तोमा यी दुई मोटरसाइकलमा रहेका फरकलाई यहाँ हामीले केलाउने प्रयास गरेका छौं ।

इन्जिन

हिरो सुपर स्प्लेन्डर र होन्डा सीबी साइन दुवै मोटरसाइकलमा १२४.७ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन दिइएको छ । हिरो सुपर स्प्लेन्डरमा रहेको इन्जिनले ९ बीएच पावर तथा १०.३५ एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै होन्डा सीबी साइनमा रहेको इन्जिनले १०.५ बीएच पावर तथा ११ एनएम टर्क जेनेरेट गर्छ । यी दुवै मोटरसाइकलमा ४ स्पीडको गियरबक्स रहेको छ ।

इन्धन/माइलेज

स्प्लेन्डरमा १३ लिटर र साइनमा १०.५ लिटर क्षमताको इन्धन ट्याङक रहेको छ । हिरो स्प्लेन्डरले ६० किलोमिटर माइलेज तथा होन्डा साइनले ६५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

डाइमेन्सन

स्प्लेन्डरको लम्वाई २०४२ एमएम, चौडाई ७४० एमएम, उचाई ११०२ एमएम, ह्वीलवेश १२७३ एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ भने कुल तौल १२३ किलोग्राम रहेको छ ।

साइनको लम्वाई २०४६ एमएम, चौडाई ७३७ एमएम, उचाई १११६ एमएम, ह्वीलवेश १२८५ एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १६२ एमएम रहेको छ भने कुल तौल ११४ किलोग्राम रहेको छ ।

सस्पेन्सन/ब्रेक

हिरो स्प्लेन्डरको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा ५ स्टेप एडजष्ट एवल स्वीङ आर्म रहेको छ । यस्तै होन्डा साइनको फ्रन्टमा टेलिस्कोपिक र रियरमा स्प्रीङ लोडेड हाइड्रोलिक सस्पेन्सन रहेको छ ।

यी दुवै मोटरासइकलमा १८ इन्चको अलोय ह्वील रहेको छ भने दुवैमा सिंगल डिस्क ब्रेक पाउन सकिन्छ ।

अन्य

दुवै मोटरसाइकलमा सेमि डिजिटल इन्स्टुमेन्ट कल्स्टर रहेको छ । दुवैमा अटोमेटीक हेडल्याम्प, सेल्फ स्टार्ट तथा किक स्टार्ट अप्सन रहेको छ ।

मूल्य

हिरो सुपर स्प्लेन्डरको मूल्य १ लाख ९८ हजार र सीबी साइनको मूल्य २ लाख ९ हजार ९ सय रुपैयाँ रहेको छ । मूल्यका हिसावले साइन ११ हजार ९०० रुपैयाँ महंगो रहेको छ ।


Back_to_top