काठमाडौं । हार्ले डेभिड्सनको सबैभन्दा सानो सीसी क्षमताको मोटरसाइकलको पेटेन्ट तस्विर बाहिर आएको छ । हार्लेको ३३८ सीसीका मोटरसाइकल निर्माण अगाडि बढिरहेको प्याटेन्ट तस्विर बाहिर आएसँगै पुष्टी भएको हो ।
सन् २०२०को जुलाईमा हार्लेमा नयाँ सीइओ नियुक्त भएसँगै हार्लेले आक्रामक सुरुवात गर्ने देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियामा वेवी हार्लेको रुपमा चर्चा पाएको हार्ले ३३८ आरको स्पाई तस्वीर सार्वजनिक भएसँगै यसको उत्पादन सुरु भएको अनुमान गरिएको छ ।
हार्ले ३३८आरमा ३३८ सीसी प्यारलल ट्वीन इन्जिन रहेको छ । यो इन्जिनले ४३ हर्स पावर जेनेरेट गर्छ भने, यसमा ६ स्पीडको गियरबक्स जडान हुने अनुमान गरिएको छ ।
यसम इनभर्टटेड टेलिस्कोपिक फर्क र मोनोशक सस्पेन्सन दिइने छ । यसको ह्वील ब्रेकिङ सिस्टम, स्वीङ आर्म जस्ता फिचर बेनेली ३०२ एसबाट लिइएको छ ।
हार्लेले यो मोटरसाइकल कम मात्रामा हार्लेको मोटरसाइकल बिक्री हुने मार्केटलाई लक्षित गर्ने जनाएको छ । यस अनुसार एशियाली मार्केट यसको पहिलो प्राथमिकता रहने छ । जहाँ अहिले पनि हार्लेको इन्ट्री लेवल मोटरसाइकलको राम्रो बजार रहेको छ ।

