चर्चित मोटरसाइकल कम्पनीले बनाएका आफ्नो पहिलो मोडल, कुन कम्पनीको कस्तो

काठमाडौं । अहिले नेपालमा चल्तीका मोटरसाइकल कम्पनीले सुरुमा कस्ता मोटरसाइकल बनाएका थिए भन्ने चासो जोकोहिलाई हुन सक्छ । यस्तोमा नेपालमा निकै सफल होन्डा, बजाज, यामाहा, टीभीएस, हिरो, सुजुकी, रोयल इन्फिल्ड जस्ता कम्पनीले सुरुमा कस्ता मोटरसाइकल उत्पादन गरेका थिए भन्ने चासो हुनु स्वभाविक हो ।

त्यसमा विश्व प्रसिद्ध कम्पनी हार्ले डेभिड्सन र कावासाकी जस्ता ब्राण्डले सुरुवातमा कस्ता उत्पादन ल्याएका थिए भन्ने जान्न चाहनु हुन्छ भने यहाँ हामीले जानकारी प्रस्तुत गरेका छौं ।

डि–टाइप

होन्डाको पहिलो मोटरसाइकल डि–टाइप हो । कम्पनीले सन् १९४९ मा पहिलो पटक उत्पादन गरेको डि टाइपमा ९८ सीसी क्षमताको २ साइकल सिंगल सिलिण्डर इन्जिन दिइएको थियो ।

वाईए–१

यामाहा अहिले स्टाइलिस मोटरसाइकल उत्पादनमा कहलिएको नाम हो । यस्तोमा कम्पनीले ल्याएको वाईए–१ कस्तो थियो होल्ला भन्ने चासो रहनु स्वाभाविक हो ।

सन् १९५५ मा यामाले पहिलो पटक उत्पादन गरेको मोटरसाइकल वाईए १ मा १२५ सीसी क्षमताको २ स्ट्रोक सिंगल सिलिण्ड इन्जिन दिएको थियो ।

चेतक

नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्राण्ड बजाजको विगत स्कुटरबाट सुरु भएको हो । अहिले बजाजले स्कुटर उत्पादन गर्दैन । सन् १९७१ मा पहिलोपटक सामान ओसार पसार गर्न प्रयोग हुने थ्रि ह्वीलर उत्पादन सुरु गरेको बजाजले त्यसको केहि वर्षपछि चेतक स्कुटर उत्पादन गरेको थियो । त्यहि चेतक नामबाट कम्पनीले अहिले इलेक्ट्रीक स्कुटर उत्पादन सुरु गरेको छ ।

बजाजको पहिलो मोटरसाइकल भने सन् २००१ मा आएको पल्सर डिटिएस आई १२५ हो ।

सिबीजेड

हिरो अहिले विश्वमै धेरै मोटरसाइकल उत्पादन गर्ने कम्पनी हो । हिरोले होन्डासँग मिलेर सन् १९९९ पहिलो पटक बजारमा ल्याएको मोटरसाइकल सिबीजेड हो । यो मोटरसाइकल नेपालमा पनि चर्चित बनेको थियो । यसमा १५० सीसी क्षमताको इन्जिन दिइएको थियो ।

‘टीभीएस ५०’

टीभीएस मोटर्सले पहिलो पटक १९८० मा मोपेड ‘टीभीएस ५०’ उत्पादन गरेर बजारमा प्रबेश गरेको हो । पछि सुजुकीसँग सहकार्य गरेर कम्पनीले मोटरसाइकल उत्पादनमा प्रबेश गरेको हो ।

‘सुजुकी फर्स्ट’

सुजुकीले सन् १९५३ मा उत्पादन गरेको पहिलो मोटरसाइकल ‘सुजुकी फर्स्ट’ हो । यसमा ५८ सीसी क्षमताको इन्जिन प्रयोग गरिएको थियो ।

कावासाकी निकै पुरानो मोटरसाइकल उत्पादक हो । सन् १८९६ मा स्थापना भएको कम्पनीले मोटरसाइकल भने सन् १९६२ मा मात्रै बनाएको थियो । कम्पनीको पहिलो मोटरसाइकल बी८ हो । १२५ सीसी क्षमताको इन्जिन प्रयोग भएको मोटरसाइकल निकै चर्चित बनेको थियो ।

हार्ले डेभिट्सनले पहिलो पटक सन् १९०३ मा काठको प्रयोगबाट बनाएको मोटरसाइकल पहिलो हो ।


रोयल इन्फिल्डले सन् १९०१ बाट मोटरसाइकल उत्पादन सुरु गरेको हो । कम्पनीले पहिलो पटक उत्पादन गरेको मोडल झट्ट हेर्दा साइकल जस्तै देखिन्थ्यो ।


Back_to_top