काठमाडौं । जीओ अटोमोबाइल्स प्रालिले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करणको वुकिङ्ग खुल्ला गरेको छ । नेपालमा सर्वाधिक विक्री भएको सब फोर मिटर एसयूभी इकोस्पोर्ट सन् २०१३ देखि विक्री हुँदै आएको छ । यसलाई कम्पनीले सन् २०१७ मा फेसलिफ्ट गरेको थियो । अहिले बजारमा अन्य कम्पनीहरुले सब फोर मिटर एसयूभी ल्याइरहेका छन् । यो सेग्मेन्टको पहिलो सफलता इकोस्पोर्टले पाएको हो ।
इकोस्पोर्ट पावर, स्टाइल र उच्चतम प्रविधिको समिश्रण रहेको छ । नेपालको बाटो सुहाउँदो डिजाइन र उत्कृष्ट पर्फमेन्सको कारण यसको २०२० मोडल पूर्णरुपमा बिक्री भएको कम्पनीले जनाएको छ । नयाँ मोडल २०२१ को लागि २०२० को मूल्यमा नै बुकिङ्ग खुल्ला गरिएको कम्पनीले जनाएको छ ।
सन् २०२१ संस्करण ईकोस्पोर्ट बीएस ६ प्रदुषण मापदण्डमा आधारित पेट्रोल र डिजेल इन्जिनको साथ आउने छ । यसमा कम्पनीले फोर्डको थ्री सिलिण्डर युत्तः १.५ लिटर पेट्रोल र १ं५ लिटर डिजेल इन्जिन उपलब्ध रहने छ । यसमा रहेको पेट्रोल इन्जिनले १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्छ भने डिजेल इन्जिनले १०० पीएस पावर र २१५ एनएम टर्क प्रदान गर्छ ।
इकोस्पोर्ट आकर्षक बनोट, उत्कृष्ट ड्यासबोर्ड, सनरुफ, ६ वटासम्म एयरव्याग, ८ इन्चको टचस्क्रृन इन्फोटेन्टमेन्ट सिस्टम, एप्पल कारप्ले तथा एण्ड्रोइड अटो सपोर्ट, अटोमेटिक हेडल्याम्प, पुस बटन स्टार्ट/स्टप, डेटाइम रनिङ लाइट, रेन सेन्सिङ्गवाइपर जस्ता फिचर पाउन सकिन्छ ।

अहिले बजारमा उपलब्ध इकोस्पोर्टको सुरुवाती भेरियन्टको मूल्य ३६ लाख ९० हजारदेखि टप भेरियन्टको मूल्य ५० लाख ९० हजारसम्म कायम गरेर विक्री वितरण हुँदै आएको छ ।

