आकर्षक मूल्यमा किन्न पाइन्छ, दुई ‘लाइफ स्टाइल’ मोटरसाइकल

काठमाडौं । मिनी मोटरसाइकल विश्व बजारमा ‘लाइफ स्टाइल’ प्रडक्टको रुपमा परिचित रहेको छ । विशेषत जापानी र यूरोपियन ब्राण्डहरुले मिनी मोटरसाइकल उत्पादन गर्ने गर्छन् । पछिल्लो समय चीनमा पनि मिनी मोटरसाइकलको बजार बढ्दो रहेको पाइन्छ ।

झट्ट हेर्दा यूनिक देखिने यस्ता मोटरसाइकल सडकमा लिएर हिड्दा धेरैको आँखा पर्ने हुन्छ । मिनी मोटरसाइकलको पावर फिगरसमेत राम्रो हुने गरेको पाइन्छ । विशेषगरि यस्ता मोटरसाइकल १०० देखि १३५ सीसी क्षमतामा उत्पादन हुने गरेका छन् ।

मिनी मोटरसाइकल सहरी षेत्रको लागि ध्यानमा राखेर उत्पादन गरिएको हुन्छ । छोटो दुरी यात्रा गर्नेको लागि उपयुक्त र पार्किङ गर्ने ठाँउ पनि सानो भएहुने यसको मुख्य विशेषता हो ।

अन्तर्राष्ट्रिय बजारमा होन्डा मङ्की सर्वाधिक बिक्री हुने मिनी मोटरसाइकल हो । तर, नेपाली बजारमा भने सीएफ मोटो र बेनेलीले मात्रै मिनी मोटरसाइकल विक्री गरिरहेका छन् । सीएफ मोटोले पापीयो विक्री गरिरहेको छ भने बेनेलीले टीएनटी १३५ विक्री गर्दै आएको छ । सीएफ मोटो चिनीयाँ कम्पनी हो भने बेनेली इटालियन कम्पनी हो ।

सीएफ मोटो पापीयो

सीएफ मोटोका मोटरसाइकल अन्ना इन्टरनेशनलले नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ ।

पापीयोमा १२४.५ सीसी क्षमताको सिंगल सिलिन्डर इनलाइन, ४ स्टोक, एयर कुल्ड भर्टिकल एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा ९.३८ बीएच पावर र ६५०० आरपीएममा ८.३ एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ ।

यसमा अगाडिको सक रिट्याक्टेवल र पछाडि क्यान्निट लिभर सकको प्रयोग गरिएको छ ।

सिएफमोटो पापीयो मिनी बाइकको लम्बाई १७२४ एमएम, चौडाई ७५० एमएम र उचाई ९९५ एमएम रहेको छ भने यसमा १२१४ एमएमको ह्वीलवेस दिइएको छ । सिट हाइट ७७५ एमएम रहेको बाइकमा १४५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । ७ लिटर क्षमताको फ्यूल ट्याङ्की रहेको बाइकको कुल तौल ११४ किलोग्राम रहेको छ भने यसले १५० केजी तौल बोक्ने क्षमता राख्छ ।

निकै आकर्षक मिनी मोटरसाइकलको मूल्य २ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

बेनेली टीएनटी १३५

केटीएम इन्टरनेशनलले नेपाली बजारमा विक्री गरिरहेको मिनी मोटरसाइकल टीएनटी १३५ दमदार लुक्सको कारण सडकमा लिएर हिड्दा धेरैको ध्यान खिच्न सफल हुन्छ । यो मोटरसाइकलमा १३४.७ सीसी सिंगल सिलिन्डर, फोर भल्भ एयर कुल्ड इन्जिन दिइएको छ । यो इन्जिनले ७००० आरपीएममा १०.८ एनएम टर्कका साथै ९००० आरपीएममा १३ हर्स पावर जेनेरेट गर्छ ।

टीएनटी १३५ को लम्बाई १७२५ एमएम, चौडाई ७५५ एमएम र उचाई १०२५ एमएम रहेको छ भने, यसमा १२१५ एमएमको ह्वीलवेस दिइएको छ । सिट हाइट ७७५ एमएम रहेको बाइकमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

यो मोटरसाइकलको मूल्य नेपाली बजारमा २ लाख ७५ हजार रुपैयाँ रहेको छ ।


Back_to_top