काठमाडौं । हार्टफोर्डको आधिकारिक वितरक इग्निसन अटोले हार्टफोर्डको ‘भीआर २२३ एच’को मोटार्ड भेरियन्ट नेपाल ल्याउने भएको छ ।
अहिले कम्पनीले नेपालमा हार्टफोर्ड भीआर २२३ एच विक्री गर्दै आएको छ ।
नयाँ मोटार्ड भेरियन्टमा कस्मेटिक परिमार्जन हुने छ । अब नयाँ आउने बाइकको रिम तथा टायर परिवर्तन हुने कम्पनीले जानकारी दिएको छ ।
भीआर २२३ एच मोटार्ड भेरियन्टमा २२० सीसीको ओएचसी फोर स्ट्रोक इन्जिन उपलब्ध रहने छ । ५ स्पीडको गियरबक्स रहेको मोटरसाइकलको मूल्य ६ लाखभन्दा माथि रहने अनुमान गर्न सकिन्छ । यद्यपी कम्पनीले यसको मूल्यको विषयमा केहि जानकारी दिएको छैन ।
रेगुलर मोडल भीआर २२३ एचको मूल्य ५ लाख ८५ हजार रुपैयाँ रहेको छ । कार्बुरेटर इन्जिन, अगाडि डबल पेरिस्कोप र पछाडि मोनोसक सस्पेन्सन रहेको यस मोटरसाइकलमा दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध रहने छ ।


