काठमाडौं । केटीएमको चर्चित मोडल ड्यूक १२५ को नेपालमा विक्री बन्द भएको छ । कम्पनीले १८ महिनाअघि नेपाल ल्याएको ड्यूक १२५ को विक्री बन्द गरेको हो ।
केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले ४ लाख ४९ हजार ९०० रुपैयाँ मूल्य राखेर नेपालमा विक्री सुरु गरेको ड्यूक १२५ को विक्री बन्द गरेको हो । कम्पनी स्रोतका अनुसार ड्यूक सिरिज किन्ने नेपाली ग्राहकले १२५ सीसीमा महत्व नदिएकाले यो मोडललाई बन्द गरिएको जनाएको छ ।
‘नेपालमा ग्राहकले ड्यूक भनेपछि १२५ सीसीमा खासै चासो दिएको हामीले पाएनौ । त्यसैले यसलाई बन्द गरेर २०० र २५० मा नै फोकस हुनु ठिक देखेर बन्द गरेका हौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
यद्यपी केटीएम ड्यूक १२५ सेग्मेन्टकै सबैभन्दा पावरफुल मोटरसाइकलको रुपमा रहेको थियो । यसमा उपलब्ध १२४.७ सीसी लिक्वीड कुल्ड, सिंगल सिलिन्डर इन्जिनले ९२५० आरपीएममा १४.५ बीएच पावर र ८००० आरपीएममा १२ एनएम टर्क प्रदान गथ्र्यो ।

यो मोटरसाइकलमा एबीएस फिचर उपलब्ध थियो भने ड्यूक २०० बाट प्रेरित डिजाइन, टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी हेडल्याम्प, आकर्षक बडीले मोटरसाइकललाई निकै अग्रेशिप लुक्स प्रदान गरेको थियो ।
साथै, यस मोटरसाइकलमा टीएफटी कलर डिस्प्ले, ब्लू-टुथ स्मार्टफोन इन्टिग्रेसन, फूल एलइडी हेडल्याम्प, मेटजेलर टायर जस्ता फिचर रहेका थिए ।


