काठमाडौं । निसानको आधिकारीक वितरक पायोनियर मोटो कर्पले निसान किक्सलाई टर्बो इन्जिनमा नेपाल ल्याएको छ । कम्पनीले १.३ लिटर टर्बो इन्जिनमा किक्सलाई नेपाली बजारमा ल्याएको हो ।
विभिन्न ६ भेरियन्टमा नेपाली बजारमा उपलब्ध किक्स टर्बोमा १३३० सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिन पहिलेको रेगुलर इन्जिनको तुलनामा निकै पावर फुल रहेको छ ।

कम्पनीले एक्सभी, एक्सभी प्रिमियम, एक्सभी प्रिमिलियुम टर्बो, एक्सभी प्रिमिलियुम अप्सनल मोनो टर्बो, एक्सभी प्रिमिलियुम अप्सनल ड्यूल टर्बो, एक्सभी सिभिटी र एक्सभी प्रिमिलियुम सिभिटी भेरियन्ट उपलब्ध रहेको छ ।
यसमा रहेको इन्जिनले अधिकतम ५५०० आरपीएममा १५४ बीएच पावर र १६०० आरपीएममा २५४ एनएम टर्क प्रदान गर्छ ।



