महिन्द्रा थार १५ सय सीसी पेट्रोल इन्जिनमा पनि आउने

काठमाडौं । महिन्द्राको बहुचर्चित अफरोड एसयूभी थार अहिलेको भन्दा सानो इन्जिनमा पनि आउने भएको छ । कम्पनीले यसको मूल्यमा थप कटौती गर्न पहिलाको तुलनामा ५ सय सीसी कम क्षमताको पेट्रोल इन्जिनमा पनि ल्याउन लागिएको रिपोर्ट बाहिर आएको हो ।

१५०० सीसी क्षमताको इन्जिनमा आउने थार इन्ट्री लेवल भेरियन्टको रुपमा आउने छ । यसमा ह्वीलको आकारको साथै गाडीको ‘कर्भ वेट’ पनि घट्नेछ । जसका कारण यसले दिने माइलेज २.० लिटर पेट्रोल इन्जिनभन्दा बढी हुनेछ ।

महिन्द्राले थारको लागि बनाइरहेको १.५ लिटर क्षमताको इन्जिन थ्रि सिलिण्डरयुक्त हुने छ । टु ह्वील ड्राइभ सिस्टम रहेको यो भेरियन्टमा म्यानुयल र अटोमेटिक गियरबक्स रहने छ । अहिलेको विक्री भइरहेको नयाँ जेनेरेशन थारको तुलनामा १०० किलोग्राम हलुका हुने नयाँ थार विषेशत सहरी क्षेत्रका ग्राहकलाई मध्यनजर गरि विकास गर्न लागेको हो ।

नयाँ थारमा केही सानो ह्वीलको प्रयोग भएता पनि अन्य बनावट भने अहिले उपलब्ध थारकै रहने जनाइएको छ । अहिले भारतमा उत्पादन क्षमताको तुलनामा थारको माग अत्याधिक रहेको छ । अहिले पनि थार खरिद गर्न चाहने ग्राहकहरुले भारतमा ११ महिनाभन्दा बढी समय कुर्नु पर्ने बाध्यता रहेको छ ।

महिन्द्रा थारको नेपाल, भूटान जस्ता मुलूकहरुमा समेत अत्याधिक माग रहेता पनि एथेस्ट उत्पादन हुन नसकेकोले कम्पनीले निर्यात गर्न सकेको छैन । नेपाल जस्तो देशमा १.५ लिटर क्षमताका आउने हो भने अहिलेको तुलनामा ५ प्रतिशत अन्तःशुल्क र वार्षिक कर पनि केहि कम लाग्ने छ ।


Back_to_top