काठमाडौं । चीनले प्रतिघन्टा ३७ हजार १२ किलोमिटरको रफ्तारमा उड्न सक्ने हाइपरसोनिक विमानको परीक्षण सुरु गर्ने भएको छ । उक्त विमानको परिक्षण गर्न चीनमा एउटा हाइपरसोनिक टनेल निर्माण भइरहेको छ ।
चाइनिज एकेडेमी अफ साइन्सेन्जका शोधकर्ता हान गुइलईका अनुसार यो विमान ध्वनिको गतिभन्दा ३० गुणा बढी छिटो कुद्ने क्षमता राख्छ । यसले विश्व यातायातमा अर्को आयाम थप्ने गुइलईको दावी छ ।

अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार विश्वका शक्तिशाली देश, अमेरिका, चीन र रुसले मिसाइलसहित हाइपरसोनिक उडान प्रविधिको विकासमा ठूलो लगानी गर्दै आएको दावी गरेका छन् । यो प्रविधि पूर्णरुपमा सफल हुने हो धने दुई घण्टाको छोटो समयमा पृथ्वीको कुनैपनि भागबाट अर्को भागमा पुग्न सकिने छ ।
सन् १९४० देखि विश्वका शक्ति राष्ट्रले हाइपरसोनिक एयरक्र्फ्टमा निर्माण खोज गरिरहेका छन् । अहिलेसम्मको अवस्था हेर्दा चीन निकै अगाडि रहेको देख्न सकिन्छ ।


