काठमाडौं । सरकारले विक्रम संम्बत २०८८ सम्ममा नेपालमा विद्युतीय सवारी साधन मात्रै विक्री गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटले विद्युतीय सवारी साधनको करमा परिमार्जन गरेको छ ।
परिमार्जित करमा दुई पाङ्ग्रे सवारी साधनमा सडक निर्माण दस्तुर वापत सरकारले लिदै आएको शुल्कमा २ हजार रुपैयाँ घटाएको छ । यसअघि प्रति साधन १२ हजार रुपैयाँ सडक निर्माण दस्तुर लिदै आएकोमा अब १० हजारमात्र लाग्ने छ ।
पछिल्लो एक वर्षमा दर्जनौ इलेक्ट्रीक दुईपाङ्ग्रे सवारी साधन नेपाल आएका छन् । केही ब्राण्ड नेपाल आउने क्रममा रहेका छन् । विद्युतीय दुई पाङ्ग्रे सवारी साधनमा स्कुटरको हिस्सा निकै ठूलो रहेको छ । अहिले बजारमा १ लाख ५० हजार रुपैयाँदेखि ४ लाखसम्मका इलेक्ट्रीक स्कुटर उपलब्ध रहेका छन् । नेपाली बजारमा उपलब्ध मध्ये केही उत्कृष्ट स्कुटरलाई हामीले यहाँ समेटेका छौं ।
१. एनआइयू
नेपाली बजारमा लोकप्रिय इलेक्ट्रीक स्कुटर एनआइयू रहेको छ । कम्पनीले लामो समयदेखि नेपालमा स्कुटर विक्री गर्दै आएको छ । पछिल्लो वर्षको आयात तथ्यांकलाई हेर्दा नेपालमा सबैभन्दा धेरै आयात गर्ने कम्पनी एनआइयू रहेको छ ।

कम्पनीले दुई मोडलको स्कुटर विक्री गर्दै आएको छ भने, एनआइयू एन सिरिज धेरै विक्री हुने स्कुटरमा पर्छ । एनआइयू एन सिरिजमा लिथियम आयोन पानाशोनिक ब्याट्री दिइएको छ । यो स्कुटरले एक पटकको फुलचार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्छ । यसको मूल्य २ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
२. टेल्जी लियोपार्ड
अघिल्लो वर्षको लकडाउनमा नेपाल प्रवेश गरेको टेल्जी ब्रान्ड छोटो समयमा नै लोकप्रिय हुँदै गएको छ । कम्पनीले सन् २०२० मा आयात गरेको तथ्यांक अनुसार टेल्जी धेरै इलेक्ट्रीक स्कुटर आयात गर्नेमा दोस्रो कम्पनी बनेको थियो ।

कम्पनीले केही समय अगाडि मात्रै नेपालमा टेल्जी लियोपार्ड स्कुटरको विक्री सुरु गरेको हो । यो स्कुटर ग्राहकले धेरै रुचाइएको पाइएको छ । कम्पनीका अनुसार टेल्जी लियोपार्ड सबैभन्दा धेरै विक्री हुने इलेक्ट्रीक स्कुटर बन्न सफल भएको हो । यो स्कुटरले एक पटकको फुलचार्जमा १३० किलोमिटर रेञ्ज प्रदान गर्छ भने यसको मूल्य २ लाख १० हजार रुपैयाँ रहेको छ ।
३. सुपर सोको सीयूएक्स

सुपर सोकोले नेपालमा हालै मात्र विक्री सुरु गरेको सुपर सोको सीयूएक्स स्कुटरले एक पटकको फुलचार्जमा ८५ किमीको रेञ्ज दिन्छ । यो स्कुटरको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ । सुपर सोकोलाई आधिकारिक रुपमा हालैमात्र डि–लाइफ स्टाइलले नेपालमा विक्री सुरु गरेको हो ।
४. प्योर इभीको ई–प्लुटो ७ जी
प्योर इभीको ई–प्लुटो ७ जीमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री प्याक रहेको छ । ई–प्लुटो ७ जीको उच्च गति ६० किलोमिटर प्रतिघण्टा रहेकोे छ ।

साथै, नेपाली बजारमा यो स्कुटर १.५ किलोवाट र २.२ किलोवाट क्षमताको दुई मोटर अप्सनमा विक्री भइरहेको छ । यसमा रहेको ब्याट्रीलाई एक पटक फुलचार्ज गर्दा १०० किलोमिटर चलाउन सकिन्छ । कम्पनीले ई प्लुटो ७ जीको मूल्य २ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
६.याडिया जी फाइभ
नेपाली बजारमा हालैमात्र भित्रिएको याडिया ब्रान्डका स्कुटर युरोपियन स्ट्यान्डर्डका रहेका छन् । कम्पनीले नेपाल ल्याएको जी फाइभ स्कुटरमा जिटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । उक्त मोटरले अधिकतम २३०० वाट पावर प्रदान गर्छ । यो स्कुटरको टप स्पीड ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

पानाशोनिकको लिथियम आयोन व्याट्री प्रयोग भएको यो स्कुटरलाई एक पटकको फुल चार्जमा ६० देखि ८० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । यसलाई घरायसी बिजुलीमा चर्जगर्दा ६ घन्टामा फुल चार्ज गर्न सकिन्छ । जी फाइभ स्कुटरको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ ।
कम्पनीले निषेधाज्ञा पछि विक्री सुरु गर्ने भएको हो । याडियाका स्कुटरको मूल्य २ लाख ३० हजार रुपैयाँदेखि ३ लाख ५० हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।


