निषेधाज्ञा खुलेसँगै रेनो काइगर नेपालमा विक्री सुरु हुने, बन्ला सबैभन्दा सस्तो एसयूभी

काठमाडौं । रेनोको सब फोर मिटर एसयूभी काइगर नेपाल आउने पक्का भएको छ । रेनोको आधिकारीक विक्रेता कम्पनी एड्भान्स अटोमोवाइलले निषेधाज्ञा सकिए लगत्तै काइगरको विक्री सुरु गर्न लागेको हो ।

रेनोले ५ महिनाअघि भारतमा सार्वजनिक गरेको काइगर कम मूल्यको कारण चर्चामा रहेको सब फोर मिटर एसयूभी हो । भारतमा विशेषत निसान म्याग्नाइटसँग सिधा प्रतिस्पर्धा गरिरहेको काइगरले नेपाली बजारमा पनि म्याग्नाइटसँगै प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

विशेषत युवा पुस्तालाई ध्यानमा राखेर रेनोले बजारमा ल्याएको काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रिल, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर पाउन सकिन्छ ।

छतमा दिइएको स्पोइलर र सार्क फिन एन्टेना काइगरलाई स्पोर्टी देखाउन निकै सहयोग गरेको छ । ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टममा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायत आधुनिक फिचरले काइगरलाई उत्कृष्ट बनाएको कम्पनीको दावी छ ।

विभिन्न ६ फरक कलर भेरियन्टमा उपलब्ध हुने काइगरमा १.० लिटर नेचुरल एस्पायर्ड र १.० लिटर टर्बो इन्जिन अप्सन उपलब्ध रहने छ । यसलाई ५ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्समा उपलब्ध हुनेछ ।

एड्भान्स अटोमोवाइलले यसको मूल्य आधिकारीक रुपमा घोषणा गरेको छैन । तर, पनि यसको मूल्य निसान म्याग्नाइट भन्दा केही हजार कम पर्ने अनुमान गर्न सकिन्छ । सम्भवत यसको सुरुवाती भेरियन्टको मूल्य २९ लाख हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top