टोयोटाले भारतमा बनाउँदै कम मूल्यको इलेक्ट्रीक कार

काठमाडौं । विश्व प्रसिद्ध जापानी मोटर उत्पादक कम्पनी टोयोटाले भारतमा इलेक्ट्रीक कार ल्याउने भएको छ । कम्पनीले मारुती सुजुकीसँगको सहकार्यमा नयाँ विद्युतीय कार ल्याउन लागेको रिपोर्टहरु सार्वजनिक भएका छन् ।

दुई जापानी अटो निर्माता कम्पनी बीच भारतमा सहकार्य भइरहेको छ । यसअघि ह्याचव्याक बलेनो र सब फोर मिटर ब्रेजालाई टोयोटाले आफ्नो लाइनअपमा ग्लान्जा र अर्वान क्रुजरको नामबाट ल्याइसकेको छ । यस्तोमा कम्पनीले वागेनआरमा आधारित इलेक्ट्रीक कार पनि टोयोटाको लाइनअपमा थपिने अनुमान गरिएको हो । यो अनुमानलाई टोयोटाले आफ्नो लोगोमा परिक्षण गरिरहेका तस्विरले पुष्टि गरेको छ ।

वागेनआरसँग मिल्दो जुल्दो डिजाइनमा देखिएको इलेक्ट्रीक मोडलमा नयाँ बम्पर, फरक किसिमको साइड प्रोफाइल, पूर्णत एलइडी लाइटको प्रयोग, स्प्लीट हेडल्याम्प देख्न सकिन्छ ।

नयाँ इलेक्ट्रीक कारमा अलोय ह्वीलको प्रयोग गरिएको छ । ह्वीलको बीचमा टोयोटाको लोगो देख्न सकिन्छ । यसमा उपलब्ध मोटर, व्याट्री, रेञ्ज लगायतका विषयमा भने अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन ।


Back_to_top