काठमाडौं । यामाहाको नयाँ मोटरसाइकल एफजेड एक्स आगामी जुन १८ तारिखमा सार्वजनिक हुने भएको छ । कम्पनीले ५ दिन पछि यो मोटरसाइकल भारतमा सार्वजनिक गर्ने भएको हो ।
यामाहाको चर्चित मोटरसाइकल एफजेडएस भी ३मा आधारित रेट्रो डिजाइन मोटरसाइकल हो । पछिल्लो समय भारतीय तथा नेपाली बजारमा समेत रेट्रो डिजाइनका मोटरसाइकलको माग बढ्दै गएको छ ।
कम्पनीले भारत भर रहेको आधिकारीक डिलरसीपमा यसको बुकिङ खुल्ला गरेको छ भने १ हजारदेखि ५ हजार रुपैयाँसम्म तिरेर बुकिङ गर्न सकिने जनाएको छ ।यसको लम्बाई २०२० एमएम, चौडाई ७८५ एमएम, उचाई १११५ एमएम रहेको छ भने १३३० एमएमको ह्वीलवेस दिइएको छ ।
यसमा एफजेडएस भि थ्रीकै समान १४९ सीसी क्षमताको एफआई इन्जिन यसमा रहने छ । उक्त इन्जिनले अधिकतम ७२५० आरपीएममा १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्नेछ । यसमा ५ स्पीडको गियरबक्स रहने छ ।
यसका अलावा एफजेड एक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, ब्लुटुथ कनेक्टिभिटी, दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।
हालसम्म कम्पनीले यसको मूल्यका बारेमा जनाकारी गराएको छैन् । यसको मूल्य यामाहा एफजेडएस भी ३ को तुलनामा ५००० देखि ७००० रुपैयाँसम्म महंगो हुने अनुमान गरिएको छ ।


