काठमाडौं । जीपको आधिकारीक वितरक एमएडब्ल्यू लाइफले कम्पास फेसलिफ्ट मोडलको विक्री सुरु गरेसँगै ग्राहकहरु शोरुममा गाडी छनोटमा व्यस्थ भएको हामीले देखेका छौं । फ्रेस लुक, नयाँ इन्टेरियर र प्रिमियम फिचर थप भएर आएको जीपको नयाँ कम्पासमा फुल्ली लोडेड रहेको छ ।
आकर्षक एक्सटेरियर स्टाइल र परिवर्तित इन्टेरियर सहितको २०२१ जीप कम्पास गत साता मात्र नेपालमा सार्वजनिक गरिएको थियो । नेपालमा नयाँ जीप कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ । नयाँ कम्पासमा नयाँ डिजाइन, नयाँ फिचर र केही नयाँ भेरियन्ट पनि छन् । यस्तोमा तपाईको लागि कुन भेरियन्ट ठिक होला भन्ने अन्योल हुन सक्छ ।
जीपको डिजेल इन्जिन सहज
जीप कम्पास १६३ एचपी पावर उत्पन्न गर्ने १.४ लिटर टर्बो पेट्रोल इन्जिनमा उपलब्ध छ जसमा ६ स्पिड म्यानुअल वा ७ स्पिड ड्यूल क्लच अटोमेटिक ट्रान्समिसनमा रहेको छ । तर, यसमा फोर ह्वील ड्राइभ सिस्टम छैन । अर्को इन्जिन अप्सन भनेको १७० एचपी पावर दिने २.० लिटर डिजेल इन्जिन हो, जसमा ६ स्पीड म्यानुयल ट्रान्समिसन सहित टु ह्वील ड्राइभ र ९ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध छ ।

पेट्रोलको तुलनामा पावर र टर्क बढी भएकाले डिजेल इन्जिन आकर्षक मानिन्छ । माइलेजको हिसावले पनि डिजेल इन्जिन उपयुक्त मानिन्छ ।
यदि तपाईं पिच भएको वा बाटोमा मात्र यात्रा गर्नुहुन्छ भने फ्रन्ट ह्वील ड्राइभ, म्यानुयल भसर्नले तपाईंको आवश्यकता पुरा गर्नेछ । तर, खराब सडक अवस्था भएको स्थानमा नियमित यात्रा गर्नु छ भने तपाईंलाई चाहिने छ डिजेल अटोमेटिक त्यो पनि फोर ह्वील सिस्टममा । डिजेल म्यानुयलभन्दा अटोमेटिक १८ लाख रुपैयाँ बढी पर्नेछ ।

पेट्रोल अटोमेटिक पनि ‘स्मुथ’ छ, तथापी यसले अलि ढिलो रेस्पोन्स गर्छ र डिजेलको तुलनामा माइलेजपनि कम आउँछ । मूल्यको हिसावले डिजेल अटोमेटिकभन्दा १६ लाख रुपैयाँ सस्तो हुने भएकाले ग्राहकको रोजाईमा यो पनि पर्न सक्छ ।
बजेटको जीप कम्पास-लंगिच्युड
यदि तपाईंको बजेट सीमित भने तपाईं लंगिच्युड (ओ) भेरियन्ट छनोट गर्न सक्नुहुनेछ । यसले वेस भेरियन्ट स्पोर्टले दिने सबै फिचर जस्तो कि रिफ्लेक्टर हेडल्याम्प, १७ इन्च एलोइ ह्विल, हाइट एड्जस्टेबल ड्राइभर सिट, एन्ड्रोइड अटो र एप्पल कार प्ले, रियर भेन्ट एसी, रिभर्स क्यामेरा, इएससी र हिल स्टार्ट असिस्ट । लंगिच्युडमा अन्य थपिएका फिचरहरु चाहिँ रुफरेल, ७ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, अटो फोल्डिङ मिरर, डोरमा प्रोक्सिमिटी सेन्सर, इन्जिन स्टार्ट स्टप बटन, १०.१ इन्चको टच स्क्रृन, कनेक्टिभिटी फिचर र ग्रे फेब्रिक-भिनाइल इन्टेरियर आदि हुन् ।
फुल्ली लोडेड जीप कम्पास-मोडेल एस
यदि बजेटको सीमा छैन भने जीप कम्पास एस भेरियन्ट एकदमै फिचरले भरिएको छ । यसमा टपनच फिचर मात्र होइन लेदर अपहोल्स्ट्री, पानोरामिक सनरुफ १८ इन्च एलोइ ह्वील, अटोडिमिङ इन्साइड मिरर, अटो हेडल्याम्प र वाइपर, इलेक्ट्रीक टेलगेट, ८ वे पावर ड्राइभर सिट विथ मेमोराी, साइड एन्ड कर्टेन एअरब्याग आदि छन् ।
साथै, यसमा वायरलेस चार्जिङ, ड्यूल टोन कलर स्कीम, भेन्टिलेटेड फ्रन्ट सिट, टायर प्रेसर मनिटरिङ सिस्टम, एलइडी प्रोजेक्टर हेडल्याम्प, ८ वे पावर्ड पेसेन्जर सिट, ९ स्पिकर सिस्टम, १०.२ इन्च फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र टु टोन ग्रे रुफ पनि पाइन्छ । हो, एस मोडेल सबैभन्दा माथिल्लो भेरियन्ट हो तर यसमा थप ९ लाख रुपैयाँमा यति धेरै प्रिमियम फिचर पाउन सकिन्छ । त्यसैले हाम्रो मत जीप कम्पास एस मोडेलका लागि छ ।

