नेपाल आयो ‘नयाँ जेनेरेशन आई-२०’, अर्को हप्ताबाट विक्री सुरु हुने

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेशन हुन्डाई आई-२० नेपाल ल्याएको छ । कम्पनीले प्रिमियम ह्याचव्याक सेग्मेन्ट आएको आई-२० आगामी हप्ताबाट विक्री सुरु गर्ने तयारी गरिरहेको छ ।

‘इन्डियन कार अफ दि इयर’ जित्न सफल आई-२० गत मार्चबाट नै नेपालमा विक्री सुरु गर्ने तयारी गरेको भएपनि कोभिड १९ को दोस्रो लहरको कारण विक्री सुरु हुन सकेको थिएन ।

‘भारतमा विक्री सुरु भएको धेरै समयपछि आई-२० नेपाल आएको छ । संभवत आगामी सोमबार वा बिहिवारबाट यसको विक्री सुरु हुनेछ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

हुन्डाईको सफल एसयूभी क्रेटा र सेडान भर्नाको धेरै फिचर समावेश गरिएको आई-२० पहिलेभन्दा थप स्पोर्टी र ठूलो साइजमा आएको छ । नेपाली बजारमा आई-२० लाई १.२ लिटर पेट्रोल इन्जिनमा विक्री गरिने कम्पनीले जनाएको छ ।

अहिले बजारमा म्याग्ना र स्पोर्टज् भेरियन्टम यो गाडी उपलब्ध रहने कम्पनी स्रोतले जनाएको छ । बजार माग हेरेर आस्टा भेरियन्ट पनि आउने जनाइएको छ ।

हुन्डाईले आई-२० मा एलइडी प्रजेक्टर हेडल्याम्प र १६ इन्चको डायमण्ड कट अलोय ह्वील दिइएको छ । यसमा बीएमडब्ल्यूको जस्तै सिल्क लुकिङ ग्लास दिइएको छ । पछाडिको भागपनि यसमा निकै स्पोर्टी देखिन्छ । पछाडिको भागमा थुप्रै क्रोम फिनिसिङ सिइएको छ ।

बोसको स्पीकर, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, व्ल्याक फिनिसिङ इन्टेरियर, नयाँ एसी भेन्ट, क्रेटामा प्रयोग भएको स्टेरिङ ह्वील, वायरलेस चार्जर, ग्लोवबक्स, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल, हुन्डाईको व्ल्यू लिंक कनेक्टेड कार फिचर यसमा उपलब्ध रहेको छ ।

कम्पनीले यसको मूल्यको विषयमा कुनै जानकारी दिएको छैन ।


Back_to_top