नेक्सन इभीको आधिकारीक विक्री सुरू, यस्तो छ सबै भेरियन्टको मूल्य

काठमाडौं । टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेक्सन इभीको विक्री सुरु गर्ने भएको छ । कम्पनीले डिजिटल प्ल्याटफर्ममा एक कार्यक्रमगरी नेक्सन इभीको विक्री सुरु गरेको हो ।

धेरै ग्राहकले प्रतिक्षा गरेको नेक्सन इभी विभिन्न ३ भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहने छ । एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी भेरियन्टमा नेपाल ल्याएको छ ।

कम्पनीले एक्सएम भेरियन्टको मूल्य ३५ लाख ९९ हजार राखेको छ भने एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

नेक्सन इभी नेपाली बजारमा सार्वजनिक गर्दै सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले भने, ‘विगतदेखि नै हामीले हाम्रा ग्राहकलाई उत्कृष्ट सेवा दिदै आएका छौं । इलेक्ट्रीक कार नेपाल ल्याएसँगै अर्को पाहिला सुरु भएको छ ।’

‘हामीले इलेक्ट्रीक कार मात्रै ल्याएका छैनौ । हरेक १५० किलोमिटरको दुरीमा फास्ट चार्जर लगाउने छौं भने, १०० प्लस स्थानमा एसी चार्जर लगाएका छौं । यसले ग्राहकले नयाँ सेवाको अनुभव गर्न पाउने छन्’, सीइओ श्रेष्ठले भने ।

टाटाको जिपट्रोन प्ल्याटफर्ममा बनेको नेक्सन इभीमा ३०.२ किलोवाट आवरको लिथियम आयोन व्याट्री रहेको छ भने, यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । एआरएआईको अनुसार एक पटकको फुल चार्जमा यसलाई ३१२ किलोमिटर गुडाउन सकिने प्रमाणित गरिएको छ । तर, विभिन्न एजेन्सीले गरेको परिक्षण अनुसार गाडीमा भएका सबै इलेक्ट्रोनिक्स डिभाइसको प्रयोग गरेर सहरी क्षेत्रमा चलाउदा २१६ किलोमिटर रेञ्ज प्रदान गर्ने देखिएको छ ।

नेक्सन इभीको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डायन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्याण्डल जस्ता फिचर पाउन सकिन्छ ।

यसको इन्टेरियरमा ट्राइयरो थिम पाउन सकिन्छ । लेदरले मोरिएको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेष्ट सकितको ठूलो रेन्टर कन्सोल, कप र छाता होल्डर, ग्लोव बक्स, कुल्ड बक्स, हर्मनको ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top