उत्कृष्ट माइलेज र संचालन खर्च कम लाग्ने दुई लाखभन्दा कम मूल्यका ५ मोटरसाइकल

काठमाडौं । कोभिड संक्रमण संसारभर फैलिएसँगै सबै किसिमका मोटरसाइकल तथा स्कुटरको मूल्य बढी रहेको छ । नेपालमा पनि सबै कम्पनीको मूल्य निरन्तर बढ्दै गएको छ । अहिले बजारमा उपलब्ध अधिकांश १५० सीसी क्षमताको मोटरसाइकलको मूल्य ३ लाखभन्दा माथि रहेको छ ।

यसरी मोटरसाइकलको मूल्य बढेसँगै कम सीसीका मोटरसाइकलको समेत मूल्य बढ्दै गएको छ । लगातार बढि रहेको मूल्यका बावजुद २ लाखभन्दा कम मूल्यमा अझै केही कम्पनीले आफ्ना उत्पादन विक्री गर्दै आएका छन् ।

कम सीसीका मोटरसाइकल विषेश गरेर समथर जमिन भएको तराई क्षेत्रमा धेरै विक्री हुने गरेको पाइन्छ । यी मोटरसाइकलहरू खरिद गर्दा मूल्य कम पर्ने, संचालन खर्च कम हुने, माइलेज धेरै दिने र वार्षिक करसमेत थोरै लाग्ने हुँदा कम खर्चमा आफ्नै सवारी साधनको आवश्यकता पुरागर्ने मानिसहरुले किन्ने गरेको पाइन्छ ।

होन्डाले विक्री गर्ने सबैभन्दा कम मूल्यको मोटरसाइकल सिडी ड्रिम रहेको छ । यो मोटरसाइकलको मूल्य अहिल १ लाख ९१ हजार ९०० रुपैयाँ पुगेको छ । यो मोटरसाइकलमा ११० सीसी क्षमताको इन्जिन रहेको छ ।

बजाजले विक्री गर्ने १०० सीसी इन्जिन क्षमताको प्लाटिना १०० इसका बजाजको सबैभन्दा सस्तो मोटरसाइकल हो । यो मोटरसाइकलको मूल्य १ लाख ८५ हजार ९०० रुपैयाँ रहेको छ ।

 

हिरो एचएफ डिलक्स हिरोको सबैभन्दा कम मूल्य भएको मोटरसाइकल हो । यो मोटरसाइकलमा ९७ सीसीको इन्जिन रहेको छ । यो मोटरसाइकलको मूल्य १ लाख ७२ हजार रुपैयाँ कायम गरेर विक्री हुँदै आएको छ ।

टीभीएले केही समय अगाडि मात्र नेपालमा विक्री सुरू गरेको मोपेड डिजाइनको मोटरसाइकल एक्सएल १०० नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो मोटरसाइकल हो । यो मोटरसाइकलको मूल्य १ लाख १५ हजार ९०० रुपैयाँ रहेको छ । यो सामान डेलिभरिको लागि प्रयोग हुँदै आएको छ ।

त्यस्तै टीभीएसको अर्को ११० सीसी इन्जिन क्षमता भएको मोटरसाइकल मोटर रेडीयनको मूल्य १ लाख ८६ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top