यामाहा फसिनो किन्नेलाई आकर्षक अफर, ३० महिने किस्तामा पाइने

काठमाडौं । यामाहाले फसिनो स्कुटरमा नयाँ स्कीम ल्याएको छ । जापानी मोटरसाइकल निर्माता कम्पनी यामाहाको आधिकारिक विक्रेता एमएडब्लूले ‘थ्री मोर रिजन टु वाइ’ फसिनो १२५ एफआई स्कीम ल्याएको हो ।

कम्पनीले नयाँ फसिनो १२५ एफआईमा तीन स्कीम दिएको छ । जसमा ग्राहकले ३० प्रतिशत रकम डाउन पेमेन्ट गरेर फसिनो स्कुटर खरिद गर्न सक्नेछन् । त्यसैगरी यसका बाँकी रकम ३० महिनाको किस्तामा तिर्न सकिने छ ।

यो योजना अन्तर्गत ग्राहकले १८ हजार ६८३ रुपैयाँ नगद छुट प्राप्त गर्ने छन् । ग्राहकले तिर्नु पर्ने ३० किस्ता मध्ये ३ किस्ताको रकम छुट यो स्कीम अन्तर्गत प्राप्त गर्न सकिने छ । ३० किस्ता मध्येको १० औं, २० औं र ३० औं किस्ता छुट दिने कम्पनीले जनाएको छ ।

यो योजनामा स्कुटर खरिद गर्दा कुनै व्याज लाग्ने छैन् ।

यो स्कीममा यामाहा फसिनो १२५ एफआई खरिद गर्न चाहने ग्राहकले २ लाख ६६ हजार ९०० रुपैयाँको ३० प्रतिशत रकम बराबरको मूल्य ८० हजार ७० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । ३० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रहेको रकम १ लाख ८६ हजार ८३० रुपैयाँ तीस महिनाको किस्तामा तिर्नु पर्ने हुन्छ ।

यस्तो छ स्कुटर

अल न्यू फेसिनोमा रहेको १२५ सीसी क्षमताको एफआई इन्जिनले पुरानो ११० सीसी क्षमताको फेसिनोको तुलनामा ३० प्रतिशत पावर बढी प्रदान गर्ने छ । साथै यसले १६ प्रतिशत बढी माइलेज प्रदान गर्छ ।

नयाँ फेसिनो १२५ मा स्मार्ट मोटर जेनेरेटर (एसएमजी) पनि जडान गरिएको छ, जसले विद्युतीय नियन्त्रणहरु प्रयोग गरेर बटनलाई दवाब दिने बित्तिकै सजिलै इन्जिन सुचारु गराउँछ । अन्तर्राष्ट्रिय यामाहा सिरिजहरुमा भए जस्तै साइड स्ट्याण्ड इन्जिन कट-अफ स्वीच पनि यसमा रहेको छ ।

यो स्कुटरमा यूबीएस ब्रेकिङ्ग सिस्टमका साथ फ्रन्टमा डिस्क ब्रेक रहेको छ । यसमा रहेको नयाँ विशेषताहरु र प्रविधिहरुका साथ साथै फेसिनो १२५ एफआईको बनावट क्लासिक युरोपियन स्टाइलमा रहेको छ ।


Back_to_top