काठमाडौं । चिनियाँ ब्राण्ड चांगनले आइटी कम्पनी हुवावे र व्याट्री निर्माता क्याटलसँगको सहकार्यमा नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले ‘अविता’ नामबाट इलेक्ट्रीक एसयूभी ल्याउने भएको हो । नयाँ गाडीको कन्सेप्टको नाम ‘अविता ई ११’ दिएको छ ।
तीन भित्र उद्योगमा उच्चतम विशेषता हासिल गरेका कम्पनीहरुको एक संयुक्त साझेदारीमा अविता ई ११ गाडीको विकास भएकाले उत्कृष्ट हुने उत्पादकको दाबी छ । यी तीन कम्पनीले नयाँ जेभी सुरु गरेका हुन् । यसको नाम ‘सीएचएन” नाम दिइएको छ ।
अविता ई ११ मा चांगनको उच्चस्तरीय उद्योग सामग्री प्रयोग गरी उत्पादन गरिएको छ भने, हुवावेले यस गाडीको पूर्ण स्ट्याक स्मार्ट कार समाधान र क्याटलले ब्याट्रीको उत्पादन गरेका छन् । यो गाडीको कन्सेप्टलाई मिडसाइज इलेक्ट्रीक एसयूभीको रुपमा ल्याएको हो ।


