हिरो एक्सपल्स २०० फोर भीमा आउने, हाइवे ड्राइभिङ उत्कृष्ट हुने

काठमाडौं । हिरोले आफ्नो सर्वाधिक सफल २०० सीसी एड्भेन्चर मोटरसाइकल एक्सपल्सको नयाँ मोडल ल्याउने भएको छ । कम्पनीले एक्सपल्स २०० फोर भी ल्याउने तयारी गरेको हो ।

अफरोड र सहरी क्षेत्रमा चलाउन उत्कृष्ट रहेको एक्सपल्स २०० को हाइवे पर्फमेन्स बढाउन कम्पनीले फोर भी मोडल ल्याउन लागेको हो ।

लामो हाइवे यात्रामा एक्सपल्समा निस्कन चाहने राइडरको लागि ४ भल्भ हेड सेटअप साथ आउने एक्सपल्स उत्कृष्ट हुने अनुमान गरिएको छ ।

अहिले भारतका विभिन्न क्षेत्रमा यसको परिक्षण भइरहेको तस्विर बाहिर आएको छ । यसलाई आधारमान्दा कम्पनीले आगामी दिपावली अगाडि नै यसलाई बजारमा ल्याउन सक्ने देखिन्छ । सिल्भर कलरको इन्जिन केस, पहिलेभन्दा धेरै माइलेज र पावर भी फोरमा रहने अनुमान गरिएको छ ।

अधिकांश फिचरमा परिवर्तन नभएपनि यसको ग्राफिक्समा भने परिमार्जन हुनेछ । एक्सपल्समा अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील, एलइडी लाइट, डिजिटल डिस्प्ले, सिंगल च्यानल एबीएस, व्लूटुथ कनेक्टीभीटी जस्ता फिचर यसमा उपलब्ध हुनेछन् ।

नेपालमा पनि हिरो एक्सपल्स २०० सर्वाधिक विक्री हुने एड्भेन्चर मोडल हो ।


Back_to_top