काठमाडौं । सेग्मेन्टकै सबैभन्दा धेरै फिचर भएको मोटरसाइकल किन्न मासिक १० हजार ७ सय किस्ता तिर्नु पर्ने
काठमाडौं । टीभीएस मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले केही समय अगाडि नेपाली बजारमा आरटीआर २०० फोर भीको नयाँ भर्सन आरटीएफआई सार्वजनिक गरेको छ । यो मोटरसाइकल २०० सीसी सेग्मेन्ट कै सबैभन्दा धेरै फिचर भएको मोटरसाइकल हो ।
कम्पनीले हाल चाडपर्व लक्षित अफर सार्वजनिक गरेर मोटरसाइकल तथा स्कुटर विक्री गरिरहेको छ । हाल जगदम्वा मोटर्सले फाइनान्समा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई विभिन्न स्कीम प्रदान गरिरहेको छ । कम्पनीले ४० प्रतिशत तथा ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल तथा स्कुटर प्रदान गर्दै आएको छ ।
बिना व्याजमा मोटरसाइकल किन्नका लागि ४० प्रतिशत डाउन पमेन्ट गर्ने ग्राहकले बाँकी रकम १२ महिना भित्र चुक्ता गर्नु पर्ने हुन्छ । तर, ५० प्रतिशत डाउन पेमेन्ट गर्नेले १८ महिनाको अवधि पाउने छन् ।
यो स्कीममा टीभीएस अपाचे आरटीआर २०० फोर भी आरटीएफआई मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले के कति रकम बुझाउनु पर्छ त्यस विस्तृत विवरण यस्तो छ ।
४० प्रतिशत डाउन पेमेन्ट
कम्पनीले हालै मात्र सार्वजनिक गरेको बीएस ६ भर्सन आरटीआर २०० फोर भीको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ मूल्य तोकिएको छ । यो रकमको ४० प्रतिशत हुन आउने रकम १ लाख ५३ हजार ९६० रुपैयाँ ग्राहकले सुरुमा बुझाउनु पर्ने हुन्छ ।

यसका अलाव ग्राहकले फाइनान्स चार्ज ५ हजार ५०० रुपैयाँ, नामसारी खर्च १ हजार ५०० रुपैयाँ र फुल इन्स्योरेन्सको ७ हजार ५०० रुपैयाँ बुझाउनु पर्छ । डाउन पमेन्ट र अन्य चार्ज गरेर जम्मा १ लाख ६८ हजार ४६० रुपैयाँ बुझाएर मोटरसाइकल खरिद गर्न सक्नेछन् । त्यस बाहेकको रकम २ लाख ३० हजार ९४० रुपैयाँ १२ महिनाको किस्तामा बुझाउनु पर्ने हुन्छ । ग्राहकले हरेक महिना १९ हजार २४५ रुपैयाँका दरले १२ किस्ता बुझाउदा व्याज तिर्नु पर्दैन ।
५० प्रतिशत डाउन पेमेन्ट
३ लाख ८४ हजार ९०० रुपैयाँ रहेको यो मोटरसाइकलको ५० प्रतिशत हुन आउने रकम १ लाख ९२ हजार ४५० रुपैयाँ ग्राहकले सुरुमा बुझाउनु पर्ने हुन्छ । यसका अलाव ग्राहकले फाइनान्स चार्ज, नामसारी खर्च र इन्स्योरेन्स बापतको रकम पहिल्यै तिर्नु पर्छ ।
५० प्रतिशत डाउन पेमेन्ट र अन्य चार्ज गरेर जम्मा २ लाख ६ हजार ९५० रुपैयाँ बुझाएर मोटरसाइकल खरिद गर्न सक्नेछन् । त्यस बाहेकको रकम १ लाख ९२ हजार ४५० रुपैयाँ १८ महिनाको किस्तामा बुझाउनु पर्ने हुन्छ । ग्राहकले हरेक महिना १० हजार ६९१ रुपैयाँका दरले १८ किस्ता बुझाउनु पर्ने हुन्छ ।

