दशैं अफरः एउटै मोटरसाइकलमा १ लाख नगद छु्ट, हेल्मेट निशुल्क पाइने

काठमाडौं । अमेरिकी मोटरसाइकल उत्पादक कम्पनी क्लेभल्यान्डका मोटरसाइकलमा १ लाख नगद छुटको स्कीम सार्वजनिक गरेको छ । दशैंको अवशर पारेर क्लेभल्यान्ड साइकलवर्कस् एक लाख नगद छुट तथा फ्रि एशोसरिज स्कीम सार्वजनिक गरेको हो ।

विभिन्न कम्पनीले दशैंमा स्कीम दिइरहेका छन् । यस्तोमा कम मूल्यको मोटरसाइकलमा नै १ लाख नगद छुट प्रदान गर्ने क्लेभल्यान्ड पहिलो कम्पनी हो ।

कम्पनीले नेपालमा स्क्रयाम्वलर, एस डिलक्स, एफएक्सआर १२५ र मिसफिट मोडलको बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले मिसफिट, एस डिलक्स र एफएक्सआरमा नगद १ लाख रुपैयाँ छुट दिने स्कीम सार्वजनिक गरेको हो । क्लेभल्याण्ड मिसफिटको मूल्य ५ लाख ६७ हजार, डिलक्स मोडलको मूल्य ४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी १२५ सीसी क्षमताको एफएक्सआर मोडल मूल्य ३ लाख ६९ हजार रुपैयाँ मूल्य रहेको छ ।

यो मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले कम्पनीको पानीपोखरीमा रहेको क्लेभल्यान्ड शोरुमबाट थप जानकारी लिन सक्नेछन् ।


Back_to_top