काठमाडौं । यूरोपीयन डिजायनको कारण ह्याचव्याक सेग्मेन्टमा अलगै पहिचान बनाएको पोलो फक्सवागनको चर्चित कार हो । विश्वका धेरै देशमा विक्री हुने पोलो भारतमा उत्पादन भएको मोडल नेपालमा विक्री हुँदै आएको छ ।
नेपालमा पुजा इन्टरनेशनल नेपालले विक्री वितरण गर्ने पोलोमा १.० टिएसआई इन्जिन उपलब्ध छ । टर्बो इन्जिन भएको कारण यसको पावर सेग्मेन्टमा नै सबैभन्दा धेरै रहेको छ ।
पोलोको अर्को खासियत भनेको युवा, महिला र पाको सबै उमेर समूहका मानिसलाई आकर्षित गर्न सक्नु हो ।
‘फक्सवागनले कम मूल्यका कार पनि पावर र पर्फमेन्समा उत्कृष्ट होस् भनेर भारतीय रणनीति २.० मा आधारित रहेर तयार गरेको टिएसआई इन्जिनमा नयाँ पोलो उपलब्ध रहेको छ’, पुजा इन्टरनेशनल नेपालका बिजनेश हेड विशाल घिमिरेले भने ।
नयाँ टिएसआई पोलोले अधिकतम ११० हर्स पावर र १७५ एनएम टर्क प्रदान गर्ने छ । यसमा कम्पनीले ६ स्पीड म्यानुयल र ७ स्पीड डिएसजी गियरबक्समा उपलब्ध गराउँदै आएको छ ।

यसको एक्सलरेशन पनि निकै उत्कृष्ट रहेको छ । नयाँ पोलोले सून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तार भेट्न केबल ९.९७ सेकेन्ड मात्रै लगाउने छ । यो निकै छिटो रफ्तार पकड्न सक्ने भारतमा उत्पादन भएको ह्याचव्याक कार हो । यसको उच्चगति क्षमता १९२ किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।
कम्पनीले यसको इन्टेरियर पनि निकै उत्कृष्ट बनाएको छ । सयमा दिइएको टचस्कृन केही सानो छ । यद्यपी झट्ट हेर्दा ड्यासबोर्डमा निकै उत्कृष्ट देखिन्छ । ६.५ इन्चको टचस्कृन यसमा दिइएको छ । जसले एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ ।
यसको इन्ट्रुमेन्टल क्लष्टर निकै स्पोर्टी रहेको छ । लेदर र्याप फ्ल्याट बटम स्टेरिङ ह्वील, ग्रे र व्ल्याक थिममा तयार भएको क्याविन, विभिन्न स्थानमा प्रयोग भएको क्रोम हाइलाइटले नयाँ पोलो निकै आकर्षक देखिएको छ ।
भेरियन्ट र मूल्य
पोलोको विभिन्न ५ भेरियन्ट अहिले नेपालमा विक्री हुँदै आएको छ । कम्पनीले तीन म्यानुयल र दुई अटोमेटीक भेरियन्टमा उपलब्ध गराएको छ । पोलो ट्रेन्डल्याइन म्यानुयल भेरियन्टको मूल्य ३२ लाख ४० हजार, कम्फर्टलाइन म्यानुयलको ३७ लाख ९० हजार, कम्फर्टलाइन अटोमेटीकको ४३ लाख ४० हजार मूल्य तोकेर विक्री गर्दै आएको छ ।
त्यसैगरी हाइलाइन म्यानुयलको मूल्य ४२ लाख ९० हजार र हाइलाइन अटोमेटीकको ४६ लाख ४० हजार मूल्य तोकिएको छ ।
कति पर्छ मासिक किस्ता
कम्पनीको सुरुवाती भेरियन्ट किन्ने ग्राहकले डाउन पेमेन्ट बापत १६ लाख २० हजार बुझाउनु पर्ने हुन्छ भने बाँकी त्यतिनै रकम ९ प्रतिशत हाराहारी व्याजदरमा कर्जा सुविधा पाउन सकिन्छ । ७ वर्ष भित्र रकम चुक्ता गर्नेगरी गाडी किन्ने ग्राहकले मासिक २६ हजार रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ । अहिले कम्पनीले दशैं स्कीम संचालन गरिरहेकोले करिब २५ हजार मासिक किस्ता तिर्नेगरी ग्राहकले खरिद गर्न सक्ने छन् ।

