यस्तो छ यामाहा ‘वाइजेडएफ आर–२५’

यामाहाले २०१४ मा सार्वजनिक गरेको वाइजेडएफ आर-२५ वाइकलाई अब परिर्वतन गर्ने भएको छ । कम्पनीले नयाँ जेनेरेशनको वाइजेडएफ आर-२५ ल्याउन लागेको अन्तर्राष्टिङ मिडियाले जनाएका छन् । 

कम्पनीले यो वाइकलाई गोकान्डो इन्डोनेसिया इन्टरनेशनल मोटर शोमा सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ । दोस्रो जेनेरेसनको नयाँ आर-२५ बाइकमा निकै परिर्वतन गरिएको छ । यसको डिजाइन भने फ्याग्सीप वाइक आर १ मोडलबाट लिइएको छ । 

यो बाइकमा अगाडिको हेडल्याम्प एलइडी डिउल दिइएको छ । जुन आर–१ मा समेत रहेको छ ।  अहिले बिक्री भइरहेको आर२५ दिइएको टेलिस्कोप फर्कलाई परिर्वतन गरि नयाँ जेनेरेशनमा केही परिर्वतन गरिएको छ । साथै, यसमा दिइएको टेलल्याम्पसमेत एलइडी दिइएको छ । 

पुरानोमा प्रयोग गरिएको स्पिलिट लेदर सिटलाई निरन्तरता दिइएको छ । यसमा प्रयोग भएको इन्ट्रुमेन्ट क्लस्टरलाई पूर्णरुपमा डिजिटल बनाइएको छ । 

इन्जिन

यसमा २४९ सीसी क्षमताको दुई सिलिन्डर, लिक्विडकुल, फिउल इन्जेक्टेड इन्जिन दिइएको छ । जसले ३६ पीएस पावर र २२.६ एनएम टर्क उत्पादन गर्छ । ६ स्पिड गियर बक्स रहेको यो वाइकलाई एसियन बजारमा बिक्री गर्ने कम्पनीले लक्ष्य लिएको छ । यसको आधिकारी बिक्री २०१८ को अन्त्यसम्ममा सुरुहुने अनुमान गरिएको छ । 


Back_to_top