पानीमा डुबेको ‘सेकेन्ड ह्याण्ड’ कार चिन्ने ६ तरिका

काठमाडौं । नेपालको विभिन्न ठाँउमा अप्रत्यासीत वर्षाले गर्दा धेरै स्थानमा बाढि पहिरो तथा डुवान भएका छन् । केही दिनअघि मात्रै वर्षात सकिएको थियो, वर्षामा काठमाडौं लगायत देशका विभिन्न भूभागमा सवारी साधनको डुबेका तस्विरहरु आएका थिए ।

नियमित हुने वर्षात र बेमौसमी वर्षातले गर्दा नेपालमा धेरै धनजनको क्षती हुन थालेको छ । पहाडी क्षेत्रको गएको पहिरो र तराई क्षेत्रमा हुने डुबानका कारण सवारी साधन पुरिने र डुब्ने गरेका छन् । पहिरोले पुरिएका साधनमा बाहिरबाट देखिने भौतिक क्षती भएको हुन्छ भने, डुवानमा परेका सवारी साधनमा अन्य प्रकारका हानी नोक्सानी भएका हुन्छन् ।

यसरी वर्षातमा डुबानमा परेका सवारी साधनहरुलाई मर्मत गरेर चालु हालतमा ल्याई सकेसम्म छिटो विक्री गर्ने धेरै मानिस भेटिन्छन् । बजार मूल्यको तुलनामा कम रकम लिएरै भएपनि आफ्नो गाडी विक्री गर्न चाहने पनि धेरै हुन्छन् ।

पानीमा डुबेका सवारी साधनहरुमा तत्काल समस्या नदेखिए पनि केही समयपछि भने समस्या देखिन सक्छन् । यस्ता सवारी साधनहरुको गियरबक्स, इलेक्ट्रीक वायरिङ र अन्य इलेक्ट्रीक उपकरणमा समस्या देखिन थाल्छ ।

तपाईले पनि रिकन्डिसनमा गाडी किन्ने योजना बनाउनु भएको छ भने आफुले किन्न चाहेको साधन पानीमा डुबेको छ वा छैन भन्ने बुझेर किन्दा राम्रो हुन्छ । त्यसको लागि निम्न ६ तरिकाले एकिन गर्न सकिन्छ ।

१. खिया लागेको छ वा छैन हेर्ने

सवारी साधनका धेरै पार्टसहरु फलामबाट बनेका हुन्छन् । यस्ता बाहिरी पार्टसहरुमा समयक्रम अनुसार खिया लागेको हुन्छ । तर, समय भन्दा अगाडि नै कुनै पार्टसमा खिया आएको छ भने त्यस्तो गाडीमा पानी पसेको हुन सक्छ । सामान्यतया पेन्ट्स नगेरेका स्थानहरुमा खिया लागेको हुन्छ ।

यसरी खिया लागेको छ वा छैन भन्ने हेर्न ड्यास ब्राकेट, सिट मुनीको फलाम, बोनेटको जोइन्टहरु हेर्नु पर्छ । त्यस्तै बडी भित्र विभिन्न स्थानमा रहेका फलामका स्क्रुहरुमा पनि खिया लागेको छ वा छैन भन्ने हेरेर एकिन गर्न सकिन्छ ।

२. पानी पसेका अवशेष

सामान्य वर्षातका कारण गाडीको कुनै पनि पार्टसमा पानी पस्दैन । गाडी निर्माण गर्दा नै यसमा कम्पनीले पानी नपस्ने बनाएको हुन्छ । तर, गाडीहरु लामो समय पानीमा डुबेमा गाडीका विभिन्न पार्टस्मा पानी छिर्न सक्छ । सामान्यतया हेडलाइट, टेललाईट तथा रिफ्लेक्टरहरुमा पानी छिरेको हुन सक्छ । कारको इन्टेरियरमा रहेको ग्लोबबक्स, सिट तथा अन्य स्थानमा पानी छिरेको भिजेको दाग देखिन्छ ।

३. दुर्गन्ध तथा फोहोर

गाडीमा पानी छिरेको भएता पनि केही समय पछि सुक्छ । गाडीको क्यावीनमा पानी छिरिसकेको छ भने त्यसको केही न केही अवशेषहरु पाउन सकिन्छ । अझ पानी छिरेपछि क्याविनमा अनौठो गन्ध आएको हुन्छ । कुना काप्चामा रहेको वाहिरी फोहोर तथा पानीले गर्दा नराम्रो गन्द आउँछ । यस्ता गाडीमा एयरकन्डीसन चलाएर पनि पानीको अवशेषहरु थाहा पाउन सकिन्छ ।

४. ड्रेन प्लग हेर्नु पर्ने

कार बनाउँदा फ्लोर प्यानल तथा ढोकाहरुमा ड्रेन प्लगहरु राखिएको हुन्छ । कारको क्यावीनमा पानी छिरेको छ भने ड्रेन प्लग चलाएको हुन्छ । ड्रेन प्लग झिकिएको छ भने कारको क्यावीनमा पानी छिरेको पक्का हो भन्ने बुझ्नु पर्छ ।

५. इलेक्ट्रीक पार्टस् चेक गर्ने

पानीले सबभन्दा बढी बिगार्ने इलेक्ट्रीक सामानहरु हो । गाडीमा रहेको सबै इलेक्ट्रीक पार्टस् राम्रोसँग परिक्षण गरेमा पानी पसेको हो वा होइन पत्ता लगाउन सकिन्छ । गाडीको लाइटहरु, इन्फोटेन्मेन्ट सिस्टम, म्यूजीक सिस्टम र स्पीकरको अवस्था चेक गर्नु पर्छ । साथै, क्यावीनमा विभिन्न वार्निङ लाइटहरु समेत रहेको हुन्छ । यस्ता लाइटहरु बलेको छ वा छैन एकिन गर्नु पर्छ ।

६. अन्य मेकानीकल चेकिङ

गाडीमा पानी पसेको छ भने, यसमा रहेको मेकानिकल पार्टसमा केही क्षेती पुगेको हुन्छ । जस्तो सबै सिटमा रहेको सिटबेल्ट पूरै तानेर फेरि छाडेर हेर्नु पर्छ । ह्याण्ड ब्रेक, स्टेरिङ ह्वील स्मुद छ कि छैन हेर्न सकिन्छ । साथै, सिट एड्जस्ट गर्ने पूल्ली चलाएर सिट अगाडि पछाडि गर्ने, इनक्लाइन तथा डिक्लाइन गरेर पनि चेक गर्न सकिन्छ ।

मथिका सबै तरिका अपनाएता पनि राम्रो विश्वासीलो मेकानिक्सलाई गाडी देखाएमा अझै राम्रो हुन्छ । नियमित काम गरिरहेका मेकानिक्सले गाडी चेक गरेमा तुरुन्तै यस्तो डिफल्टहरु पत्ता लगाउन सक्छन् ।

 


Back_to_top