काठमाडौं । कम आम्दानी भएका र विकासोन्मुख देशहरुमा प्रिमियम फिचर, आकर्षक लुक्स र हाइटेक प्रविधिको प्रयोग भएका कार किन्ने क्षमता आमनागरिकसँग हुँदैन । यद्यपी त्यहाँका मानिसको आवस्यकता पुरा गर्न मास मार्केट ब्राण्डहरुले विभिन्न मोडल बजारमा ल्याइरहेका हुन्छन् ।
मासमार्केट ब्राण्डमा एशियाली र यूरोपीयन कम्पनीहरुले काम गरिरहेका छन् । कोरियाली ब्राण्ड किया, हुन्डाई, भारतीय ब्राण्ड टाटा, महिन्द्रा, फ्रेन्च ब्राण्ड रेनो, सिट्रोन, जापानी ब्राण्ड टोयोटा, सुजुकी, अमेरिकी ब्राण्ड जीप, फोर्ड जस्ता कम्पनी धेरैभन्दा धेरै मानिसले किन्न र चढ्न सक्ने गाडी उत्पादन गर्ने ब्राण्ड हुन् ।
पछिल्ला दिनमा चिनियाँ ब्राण्डहरु पनि आक्रमक बजार विस्तारमा जुटेका छन् । उनिहरुले कम मूल्यमा उत्कृष्ट डिजाइन र फिचर लोडेड कारहरु बजारमा ल्याएर विश्व बजारमा तरङ्ग पैदा गराएका छन् । अटोनोमस प्रविधिको विकास विस्तामा लागेको विश्व अटोबजारमा यस्ता मास मार्केट ब्राण्डले आफुलाई विस्तारै अपग्रेड गर्दै लगेका छन्, भने भविष्यमा आउने कारको डिजाइनमा ठूलो परिवर्तन ल्याइरहेका छन् । हामीले यहाँ मास मार्केट ब्राण्डका नयाँ कन्सेप्ट कारको विषयमा यहाँ जानकारी दिने प्रयास गरेका छौं ।

सन् २०१२ देखि हुन्डाईले आफ्नो डिजाइनमा व्यापक परिमार्जन गर्दै आएको छ । पछिल्लो दिनमा कम्पनीले ल्याएको पोर्श्चेबाट प्रेरित नयाँ कन्सेप्ट कार निकै चर्चामा रहेको थियो । सम्भवत कम्पनीले यसलाई इलेक्ट्रीक ब्राण्ड आयोनिक नामबाट बजारमा ल्याउने छ । साथै, कम्पनीले क्लासिक डिजाइनमा तयार गरेको आयोनिक ५ पनि कन्सेप्ट देखिनै चर्चा कमाउन सफल भएको मोडल थियो ।

टाटाले पनि आफ्नो अधिकांश मोडल ल्याण्डरोभरबाट प्रेरित रहेर डिजाइन गरेको छ । कम्पनीको नयाँ प्लेटफर्ममा बन्नेका सबै एसयूभीहरु आकर्षक देखिएका छन् । यसबाटै प्रेरित रहेर कम्पनीले थप १० नयाँ मोडलको कन्सेप्ट निर्माणमा काम गरिरहेको छ ।

महिन्द्राले कुपे डिजाइनमा नयाँ एसयूभीको तयारीलाई तिब्र बनाएको छ । कुपे डिजाइनमा एसयूभी उत्पादन गर्ने पहिलो भारतीय कम्पनी बन्ने दौडमा रहेको महिन्द्राको नयाँ एसयूभी निकै आकर्षक रहेको छ । सन् २०२३ को अन्तिमसम्ममा यसलाई महिन्द्राले बजारमा ल्याउने अनुमान गरिएको छ ।

मारुती सुजुकीले उत्पादन गरिरहेको नयाँ क्रसओभर कार पनि कन्सेप्टको हिसावले निकै उत्कृष्ट रहेको छ । विशेषत कम मूल्यमा फिचर लोडेड कारको रुपमा बजारमा आउने यसको कन्सेप्ट धेरै मानिसले मन पराएका थिए । सन् २०२२ को अन्तिममा यो कार बजारमा आउने अनुमान गरिएको छ ।

फ्रेन्च कार निर्माता रेनोले इलेक्ट्रीक कन्सेप्ट कार रेनो ५ सार्वजनिक गरेदेखिनै चर्चामा रहेको मोडल हो । यसलाई कम्पनीले सन् २०२३ सम्ममा बजारमा ल्याउने छ ।

