बजाज ४०० को २०२२ संस्करण सार्वजनिक भएको छ । भारतीय मोटरसाइकल कम्पनी बजाज अटोले बजाज डोमिनारलाई अझै टुरर प्रेरित मोडलमा ल्याएको हो ।
कम्पनीको टुरर स्पोटर्स मोटरसाइकलमा एशोसरिज थप गरेर सार्वजजिनक गरेको हो । कम्पनीले डोमिनार ४०० मा विन्डसिल्ड, फाइटर जेट इस्पायर ह्यान्डगार्डका साथै रियरमा लगेज क्यारीयरसमेत दिएको छ । कम्पनीले यसलाई एशोसरिजका रुपमा नभइ फ्याक्ट्री फिटेड फिचरका रुपमा दिएको छ ।
कम्पनीले एशोसरिजसहितको मोडललाई स्यान्डर्ड भर्सनको रुपमा सार्वजनिक गरेको हो । यसको मूल्य २ लाख १७ हजार भारतीय रुपैयाँ (एक्ससोरुम) तोकेको छ ।
यस बाइकमा ३७३ सीसी, सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले ३५ वीएचपी पावर र ३५ एनएम टर्क उत्पादन गर्छ । यसमा ६–स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ ।

