क्रेटा इन्डोनेशियन भर्सनको आधिकारीक लञ्च अगाडि नै बाहिर आयो थप तस्विर

काठमाडौं । हुन्डाईको मोटर्सको मिडसाइज एसयूभी क्रेटाको इन्डोनेशियन भर्सन भोलि नोभेम्बर ११ बाट हुने इन्डोनेशिया अटो शोमा प्रदर्शन गर्ने तयारी भइरहेको छ । कम्पनीले इन्डोनेशिया प्लान्टबाट उत्पादन गर्ने लागेको पहिलो मोडल क्रेटा हो ।

कम्पनीले आधिकारीक लञ्च गर्नु अघि नै यसको इन्टेरियर र एक्टेरियरका तस्विरहरु बाहिर आएका हुन् । तस्विरहरुमा देखिए अनुसार इन्डोनेशियन भर्सन क्रेटाको अगाडिको फेसिया पूर्ण रुपमा परिवर्तन भएको छ । यसको अगाडिको फेस हुन्डाईको नयाँ जेनेरेसन टुसानमा आधारीत देखिन्छ ।

टुसानमा जस्तै इन्डोनेशियन भर्सन क्रेटामा प्यारामेट्रिक जुवल डिजाइनको ग्रिल सहितको डे टाइम रनिङ एलइडी लाइट दिइएको छ । यसको बम्बर पनि रि-डिजाइन भएको छ जसमा भर्टिकल रेक्ट्रयाङ्गुलर एलइडी हेडल्याम्प सेटअप देख्न सकिन्छ ।

नयाँ क्रेटामा साइड प्रोफाइल लगभग पूरानो जस्तै रहेको छ । तर, अलोय ह्वील भने रि-डिजाइन गरिएको छ । यसको टेललाइट र पछाडिको बम्परमा पनि केही सामान्य परिवर्तन देख्न सकिन्छ ।

कम्पनीले अहिलेसम्म आधिकारीक जानकारी नदिएपनि इन्डोनेशियन भर्सन क्रेटामा थुप्रै टेक्नलाजीका फिचरहरु थपिएको अनुमान गरिएको छ । यसमा ७ इन्चको नयाँ ड्राइभर डिस्प्ले, ८ वटा स्पीकर सहितको बोसको साउण्ड सिस्टम र १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, अपडेटेड ब्लुलीङ्क कनेक्टेड कार टेक्नलोजी समेत रहने छ ।

एम्बीयन्ट लाइट, फ्रन्टसाइडको दुबै भेन्टीलेटेड सिट, अटो डिमीङ ओआरभीएम, लेदर सिट, ३६० डिग्री क्यामरा जस्ता फिचर टप स्पेकमा थपिने अनुमान छ । त्यस्तै नयाँ क्रेटामा एड्भान्स ड्राइभर असिस्ट सिस्टम सहितको अटोनोमस ड्राइभिङ सिस्टम समेत हुने अनुमान गरिएको छ ।

यसमा कुनै किसिमको मेकानिकल परिवर्तन भने हुने छैन । १.५ लिटरको नेचुरल्ली एस्पायर्ड पेट्रोल तथा १.४ लिटरको जिडिआई टर्बो डिजल इन्जिन रहने छ । नयाँ क्रेटा नेपाली बजारमा भने आउने छैन । यसलाई कम्पनीले इन्डोनेशिया, लाओस्, भियतनाम जस्ता बजारमा विक्री गर्ने अनुमान गरिएको छ ।


Back_to_top