बजाजले तयार गर्‍यो चेतकपछि अर्को इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतीय कम्पनी बजाज अटोले चेतकपछि अर्को नयाँ इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । कम्पनीले केही समय अगाडी इलेक्ट्रीक स्कुटर फ्लुअरको ट्रेडमार्क दर्ता गराएको थियो, अहिले उक्त स्कुटर परिक्षणको क्रममा देखिएको हो ।

भारतको पुणेमा परिक्षणको क्रममा देखिएको बजाजको नयाँ इलेक्ट्रीक स्कुटरको स्पाई तस्वीर सार्वजनिक भएको छ । परिक्षणको क्रममा देखिएको बजाजको नयाँ इलेक्ट्रीक स्कुटर चेतकको जस्तै रेट्रो स्टाइल डिजाइनमा रहेको छ । तर यसको हेडल्याम्प भने एप्रोनमा माउन्ट गरिएको छ ।

कम्पनीले उत्पादन लागत कम गर्नका लागि चेतकबाट धेरै कम्पोनेन्टहरु लिइएको अनुमान गर्न सकिन्छ । बजाज चेतकमा २.९ किलोवाटको ब्याट्री प्याकका साथै ४ किलोवाटको मोटर दिएको छ । तर, नयाँ फ्लुअरमा भने चेतकभन्दा केही कम पावरको मोटर रहने अनुमान गरिएको छ ।

हालै सार्वजनिक भएको स्पाई तस्वीरलाई आधार मानेर यसमा रहेका धेरै फिचरको अनुमान लगाउन सक्ने अवस्था छैन । नयाँ स्कुटरको मूल्य १ लाख भारतीय रुपैयाँ हाराहारी हुने अुनमान गरिएको छ ।


Back_to_top