काठमाडौं । चल्तीका कारहरुमा धेरै फिचर पाउन सकिन्छ । राम्रो कार किन्दा चालकलाई मात्रै होइन पछाडि बस्ने पेसेन्जरका लागि पनि थुप्रै सुविधाहरुमा ध्यान दिइएको हुन्छ । तर, खरिदकर्ताको बजेट अनुसार कारमा दिइने फिचरमा सम्झौँता गर्नु पर्ने हुन्छ ।
गाडी उत्पादक कम्पनीले आफ्नो प्रोडक्टलाई प्रतिस्पर्धी बनाउन धेरै फिचरहरु कटौती गरेका हुन्छन् । तर, अहिलेको समयमा धेरै हाइटेक गाडी बजारमा आइसकेकाले कम मूल्यको कारमा पनि अत्यावस्यक फिचर प्रदान गरिएको हुन्छ ।
त्यसैले तपाईले आफुसँग भएको बजेट अनुसारको गाडी खरिद गर्ने योजना बनाउनु भएको छ भने केही फिचर छन् वा छैनन् भन्ने एकिन गर्दा पछि सजिलो हुन्छ ।
स्पीड सेन्सीङ अटोलक
कुनै पनि कार एक निस्चीत स्पीडमा पुगेपछि यसका चारवटै ढोकाहरु आफै लक हुने सिस्टमलाई स्पीड सेन्सीङ अटोलक भनिन्छ । प्रायःजसो प्रतिघण्टा २० किलोमिटरको स्पीडमा पुगेपछि यस्तो लक हुने गर्छ ।
अटो लकका कारण गाडी गुडिरहेको अवस्थामा झुक्किएर ढोका खुल्ने र दुर्घटना हुने समस्याबाट मुक्त हुन सकिन्छ । त्यसैले यो फिचर उपलब्ध रहेको कार छनोट गर्नु उपयुक्त मानिन्छ ।

पावर विण्डो
सुइचको सहायताले झ्यालका शिसाहरु खोल्ने र बन्दगर्ने सिस्टमलाई पावर विण्डो भनिन्छ । पहिला पहिला प्रिमियम कारहरुमा मात्रै यस्तो स्विधा हुने गथ्र्यो । तर, आजकल यो फिचर एकदमै सामान्य भएको छ । त्यसैले निजी कार खरिद गर्दा यस्तो सुविधा भएको कार खरिद गर्नु पर्छ ।
इलेक्ट्रीकल्ली एडजस्टेवल ओआरभीएम
सवारी चालकलाई पछाडि दुवै साइडमा अन्य गाडीहरुको अवस्था बारे जानकारी दिनका लागि ओआरभीएम (आउट साइड भ्यू मिरर) प्रयोग गरिन्छ । यस्तो ओआरभीएमलाई सुइजको माध्यबाट आफ्नो आवश्यक्ता अनुसार एड्जस्ट गर्न सकिन्छ । कहिले कहिँ हातले एड्जस्ट गर्ने ओआरभीएम चालकको हाइटअनुसार नभएमा पनि चालकहरुले अल्छीगरेर मिलाउने जाँगर गर्दैनन् । त्यहि कारण दुर्घटना समेत हुने गरेको छ ।

डे नाइट आइआरभीएम
चालकलाई आफ्नो सिधा पछाडिबाट कुन सवारी साधन आइरहेको छ हेर्नका लागि आइआरभीएम (इनसाईड रियर भ्यू मिरर) दिएको हुन्छ । यस्तो मिररले राति पछाडिबाट आएको गाडीको हेडलाइटले चालकलाई समस्या बनाउँछ । तर, दिनमा तथा रातमा फरक तरिकाले एड्जस्ट गर्न मिल्ने मिरर छ भने पछाडिको गाडीले समस्या पार्दैन ।
बुट लाईट
यो एक सामान्य फिचर हो । सवारी साधनहरुमा बुटमा लाइट नभएमा रातको समयमा अफ्ठ्यारो हुने गर्छ । बुटमा लाइट छ भने रातको समयमा पनि लगेज राख्न तथा झिक्नका लागि एकदमै सुविधा हुन्छ । बुट अनलक गर्ने वित्तीकै लाइट बल्ने भएकोले यस्तो लाइटले धेरै सजिलो हुन्छ ।

रियर युएसबी पोर्ट
अहिले समयमा मोवाइल फोन विनाको जिवन सोच्नै नसक्ने भइसक्यो । मोवाइफोन नबोक्ने मानिस भट्टाउन गाह्रो छ । त्यसैले आफनो कारमा पछाडि बस्ने प्यासेन्जरका लागि पनि चार्ज गर्नका लागि युएसबी पोर्ट आवस्यक हुन्छ ।
हाइट एड्जस्टेबल ड्राइभिङ सिट
हाइट एड्जस्टेबल ड्राइभिङ सिटल आफ्नो उचाइ अनुसार ड्राइभरले सिटको हाइट बनाउन सक्छ । सबै चालकको समान हाइट नहुने भएकाले यस्तो सुविधा भएको कारमा सबैले आफ्नो हाइट अनुसार सिट मिलाएर कम्फर्टेवल तरिकाले गाडी चलाउन सक्नेछन् ।

