बीएस ६ इन्जिनमा हिरो एक्सपल्स २०० नेपाल आउँदै, किन्नु अघि थाहा पाउनुस यी कुरा

काठमाडौं । हिरो एक्सपल्स २०० फोर भी नेपाल आउने पक्का भएको छ । कम्पनीले अग्रेजि नयाँ वर्षमा हिरो एक्सपल्स २०० फोर भी नेपालमा सार्वजनिक भएको हो ।

पछिल्लो समय नेपालमा हिरो एक्सपल्स २०० सर्वाधिक रुचाइएको डबल स्पोर्टस मोटरसाइकलको रुपमा परिचित भइसकेको छ । यस्तोमा नेपालमा हिरो एक्सपल्स २०० को बीएस ६ भर्सनको प्रतिक्षामा धेरै ग्राहक रहेको पाइन्छ ।

हिरो एक्सपल्स २०० फोर भी नेपालमा सार्वजनिक हुनभन्दा पहिला हिरो एक्सपल्स २०० बीएस ४ र बीएस ६ भर्सनमा के कस्ता भिन्नता तथा के कस्ता परिर्वतन भएका छन् यस बिषयमा हामिले जानकारी दिने कोसिस गरेका छौं ।

पावर

एक्सपल्स २०० फोर भीमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १८.८ बीएच पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ । हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ, अब पहिले जस्तो इन्जिन तात्ने समस्या पूर्णरुपमा समाधान भएको कम्पनीको दावी छ ।

यसको इन्जिन बीएस ४ भर्सनको तुलनामा थप रिफाइन्ड गरिएको छ । जसको कारण १ बीएच पावर र ०.९ एनएम टर्क बढी प्रदान गर्छ ।

सिट हाइट

रेगुलर मोडलको तुलनामा फोर भी निकै आरामदायी बनेको दावी हिरोले गरेको छ । यसको सिट हाइटइट २ एमएमले बढाइएको छ । साथै, सिटलाई पनि मोडिफाई गरिएको छ ।

अन्य फिचर

हिरोले एक्सपल्समा दिइएको स्टार्ट र किल स्वीचलाई अपग्रेड गरेको छ । साथै, रेगुलर मोडलको तुलनामा धेरै प्रकाश दिने एलइडी हेडलाइट दिएको कम्पनीले जनाएको छ । नयाँ हेडलाइट सेटअपले रातीको समयमा यात्रा गर्नेलाई प्रयाप्त प्रकाश दिनेछ । साथै, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन फिचर पनि थप भएको छ ।

मूल्य

हिरो एक्सपल्स २०० बीएस ४ को मूल्य हाल नेपाली बजारमा ४ लाख २ हजार रुपैयाँ रहेको छ । बीएस ६ भर्सन नेपालमा सार्वजनिक हुँदा यसको मूल्य वृद्धि हुने देखिन्छ । बीएस ६ भर्सन एक्सपल्स २०० को मूल्य ४ लाख ५० हजारदेखी ४ लाख ८० हजार रुपैयाँसम्म हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top