पाइप लाइन निर्माणको काम रोकियो

काठमाडौं । मध्य वर्षा लागेसँगै निजगढ-मोतियारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने काम रोकिएको छ । निरन्तर वर्षा भइरहेकाले पाइपलाइन बिछ्याउन समस्या भएको भन्दै नेपाल आयल निगमले पाइपलाइन बिच्छ्याउने काम बन्द गरेको हो । 

पाइप बिच्छाउने बाहेकका अन्य काम अहिले पनि चालू रहेको र सकेसम्म भदौअघि नै पुनः काम सुरु हुने आयल निगम श्रोतले जानकारी दिएको छ । हालसम्म १४ किलोमिटर पाइप विच्छ्याउने काम सम्पन्न भएको र बाँकी २३ किलोमिटर बाँकी रहेको छ । 

नेपाल र भारतको संयूक्त लगानी रहेको यो आयोजना २ अर्ब ७५ करोड भारतीय रुपैयाँमा निर्माण सम्पन्न गर्ने कामको जिम्मा लिखित इन्फ्रास्ट्रक्चर प्रालिले लिएको छ ।


Back_to_top