काठमाडौं । होन्डाले फेस्टीभ अफरको विजेता घोषणा गरेको छ । कम्पनीले ‘होन्डा साथ छ’को विजेताहरुको घोषण गरेको हो ।
कम्पनीले ल्याएको स्कीम ‘होन्डा साथ छ’ अन्तर्गत सात प्रदेशबाट एक–एक जना र सातै प्रदेश मध्यबाट एकजना भाग्यशाली विजेताको लक्की ड्रमार्फत घोषणा गरेको छ ।
कम्पनीले ल्याएको स्कीम अन्र्तगत प्रदेश नं १ मा रविन चौधरी, प्रदेश नं २ मा राम प्रकाश यादव, बागमती प्रदेशमा अनिना मानन्धर, गण्डकी प्रदेशमा जमुना मुडभरी, लुम्बीनी प्रदेशमा अनप्रसाद काफ्ले, कर्णाली प्रदेशमा तारा थापा र सुदुरपश्चिम प्रदेशमा परशुराम थारु विजेता भएका हुन् । साथै, प्रदेशबाट विजेता भएका भाग्यशाली ग्राहकले जनही १ लाखका दरले पुरस्कार राशि हात पारेका छन् । त्यस्तै बम्पर लक्की ड्रमार्फत पाल्पा रामपुरका साबित्रा श्रेष्ठले नगद १५ लाख पुरस्कार जित्न सफल भइन् ।
होन्डले यो योजना भाद्र २७ देखि सुरु गरेर मसिंर १४ गतेसम्म संचालनमा ल्याएको थियो । यो स्कीम अन्तर्गत मोटरसाइकल खरिदकर्ता ग्राहकले ७ वर्षसम्म ९ ओटा सर्भिसिङ निशुल्क, पार्टसमा ७ प्रतिशत छुट तथा स्क्रयाच कार्डमार्फत १ लाख रुपैयाँसम्म क्यास ब्याक जित्ने अवसर रहेको थियो ।
होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले यो स्कीम अन्तर्गत ३० हजारभन्दा धेरै स्कुटर तथा मोटरसाइकल विक्री गरेको जनाएको छ ।

