रेनोको नयाँ शोरुम लाहानमा

काठमाडौं । रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोबाइलले नयाँ शोरुम सिराहको लाहानमा सञ्चालनमा ल्याएको छ । नेपालभर शाखा विस्तार गर्ने उद्देश्य अनुसार कम्पनीले लाहानमा नयाँँ शोरुम खोलेको हो ।

नयाँँ शोरुमको नाम भाग्य महालक्ष्मी अटोमोबिल्स रहेको छ । भाग्य महालक्ष्मी अटोमोबिल्स प्रा.लिका सञ्चालक राम शाह हुन् । उद्घाटन कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ लाहानका अशोक लाल अमात्य प्रमुख अतिथि तथा कम्पनीका जेनेरल म्यानेजर अधिरकुमार श्रेष्ठ र सेल्स नेट्वर्क प्रमुख बिपुल भट्टराईले संयुक्त रुपमा शोरुम उद्घाटन गरेका थिए ।

नयाँ शोरुमको उद्घाटन गर्दै एड्भान्स अटोमोबाइलका जेनेरल म्यानेजर अधिरकुमार श्रेष्ठले भने, ‘हामी हाम्रा ग्राहकलाई उच्च गुणस्तरीय सेवा दिन प्रतिवद्ध छौं । नेपाली उपभोक्ताले हामीप्रति देखाएको विश्वासप्रति हामी आभार व्यक्त गर्दछौं ।’

नयाँ शोरुममा रेनोका सर्वाधिक सफल मोडल क्वीड, ट्राइबर,काइगर र डस्टर गाडीहरु उपलब्ध हुनेछन् । यहाँँबाट उपभोक्ताले गाडी, स्पेयर पार्ट्स, एशेसोरिज लगायत सेवाहरु लिन सक्नेछन् ।


Back_to_top